सबैलाई पछि पार्दै बालेन शाहले लिए अग्रता

सबैलाई पछि पार्दै बालेन शाहले लिए अग्रता

छाँयापाटी

@छाँयापाटी

२०७९ बैशाख ३१ गते शनिवार १२:३०

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अगाडि बढेको छ । वडा नम्बर १ र ३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रारम्भिक अग्रता लिएका छन् । स्रोतका अनुसार वडा नम्बर १ मा कांग्रेसकी सिर्जना सिंहले ८ भोट ल्याउँदा...

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मतगणना अगाडि बढेको छ । वडा नम्बर १ र ३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रारम्भिक अग्रता लिएका छन् ।

स्रोतका अनुसार वडा नम्बर १ मा कांग्रेसकी सिर्जना सिंहले ८ भोट ल्याउँदा बालेन शाहले ७ भोट ल्याएर उनलाई पछ्याएका छन् । वडा नम्बर ३२ मा भने बालेनले ८ भोट ल्याउँदा कांग्रेस र एमालेलाई १/१ भोट मात्रै खसेको छ ।

समग्रमा बालेन शाहले १५ मत ल्याउँदा सिर्जना सिंहले ९ मत ल्याएर पछ्याइरहेकी छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा कांग्रेस पछि परेको छ । जारी मतगणनामा नेपाली कांग्रेस ९बीपी० ले अग्रता लिएको छ ।

गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेस ९बीपी० को चुनाव चिन्ह करुवामा २५१ मत परेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा २४६ मत परेको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले ४१ मत ल्याएको छ । सो वडामा ६ सय मत गनिएको छ । प्रधानमन्त्री देउवा सोही वडाका मतदाता हुन् ।

काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुँदै गर्दा गणक नै अलमलिएपछि वडा नम्बर १ को गणना स्थगित भएको छ । वडा नम्बर ३२ मा भने गणना भइरहेको छ ।

वडा नम्बर १ को ७ मत गन्दा उम्मेदवार नै नभएका ठाउँमा पनि मत परेपछि गणक अलमलिएका हुन् । दुईवटा हलो चिह्नका उम्मेदवारसमेत गणनास्थलमा पुगेपछि कर्मचारी अलमलमा परेको बताइएको छ ।

सात मत गन्दा उपमेयरमा एमालेकी सुनिता डंगोलले ४ मत पाएको गणनास्थलमा रहेका एक कर्मचारीले बताए । मेयरमा भने केशव स्थापित, सिर्जना सिंह र राप्रपाका मदनदास श्रेष्ठले दुई–दुई मत पाउँदा बालेन शाहको १ मत देखिएको छ ।Source-galaxykhabar

प्रकाशित मिति २०७९ बैशाख ३१ गते शनिवार १२:३०
प्रतिक्रियाहरु