यो उपमहानगरपालिकामा पनि स्वतन्त्र उमेदवारको फराकिलो अग्रता, दलका उमेदवारको सातो उंडाउदै तेब्बर मतले अगाडी !

यो उपमहानगरपालिकामा पनि स्वतन्त्र उमेदवारको फराकिलो अग्रता, दलका उमेदवारको सातो उंडाउदै तेब्बर मतले अगाडी !

छाँयापाटी

@छाँयापाटी

२०७९ जेठ ४ गते बुधबार ०९:१८

काठमाडौँ – कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्। हमालले अग्रता कायम राखिरहदा राजनीतिक दलका उमेदवारको सातो गएको छ । बुधबार साँझसम्म २६ हजार ४१९ मत गणना हुँदा हमालले...

काठमाडौँ –

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्। हमालले अग्रता कायम राखिरहदा राजनीतिक दलका उमेदवारको सातो गएको छ ।

बुधबार साँझसम्म २६ हजार ४१९ मत गणना हुँदा हमालले १२ हजार ३०४ मत प्राप्त गरेका छन्।

निकटम प्रतिद्वन्द्वी कांग्रेसका नृपबहादुर ओडले ५ हजार ८९२ मत प्राप्त गरेका छन्। हमाल ओडभन्दा ६ हजार ४१२ मतले अगाडि छन्। यो झण्डै तेब्बर मतान्तर हो।
एमालेका रणबहादुर चन्दले २ हजार ७५२ मत प्राप्त गरेका छन्।

उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी क्षेत्रीले ५ हजार ३०९ मत प्राप्त गरेर अग्रता लिइरहेकी छन्।

एमालेकी कन्दकला रानाले ४ हजार ७०० मत प्राप्त गरेकी छन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार १५९ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।

पोखरामा समाजवादीका उम्मेदवारले बाजी मार्ने पक्का, भारि मतान्तरकासाथ अघि बढ्दै धनराज
काठमाडौँ – पोखरा महानगरपालिकामा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले २ हजार बढीको मतान्तर बनाएका छन्

। बुधबार साँझ प्राप्त मतगणनाको अध्यावधिक विवरणअनुसार समाजवादीका उम्मेदवार धनराज आचार्यले १७ हजार २४२ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाले १५ हजार २१० मत पाएका छन् ।

यस्तै उपमेयरमा एमालेका उम्मेदवारले १७ हजार ३४१ मत पाउँदा काँग्रेसका उम्मेदवारले १७ हजार ४४३ मत पाएका छन् । पोखरामा हालसम्म ४१ हजार ४२३ मत गणना सकिएको छ ।

सुदूरपश्चिमका यी ३ जिल्लामा भए काँग्रेस, एमाले र माओवादी पत्तासाफ !!
स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएका मध्ये सुदूरपश्चिमका तीन जिल्लामा प्रमुख ३ दल पत्तासाफ भएका छन् । माओवादी केन्द्र बाजुरामा नेकपा एमाले डडेलधुरामा र नेपाली कांग्रेस दार्चुलामा पत्तासाफ भएका हुन् । यी तिन जिल्लामा तिनै पार्टीलाई सुन्य हात लागेको छ।

नेपाली कांग्रेस दार्चुलामा, नेकपा एमाले डडेल्धुरा र नेकपा माओवादी केन्द्र बाजुरामा शून्य भएका हुन् । ९ पालिका रहेको दार्चुलामा नेकपा एमालेले ५ र नेकपा माओवादी केन्द्रले ४ पालिका प्रमुख जितेको छ । दार्चुलामा नेपाली कांग्रेसले ३ उपप्रमुख पद जितेको छ ।

दार्चुलामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बीच चुनावी तालमेल भएको थियो । नेपाली कांग्रेसले २०७४ मा जितेको दार्चुला सदरमुकाम रहेको महाकाली नगरपालिकामा यस पटक नेकपा एमालेले जीत हासिल गरेको छ ।

प्रकाशित मिति २०७९ जेठ ४ गते बुधबार ०९:१८
प्रतिक्रियाहरु