कोर एरियामा गणना हुँदै, बालेनलाई चार गुणा बढी मतले पछि पार्दै केशव स्थापितले फराकिलो अग्रता !

कोर एरियामा गणना हुँदै, बालेनलाई चार गुणा बढी मतले पछि पार्दै केशव स्थापितले फराकिलो अग्रता !

छाँयापाटी

@छाँयापाटी

२०७९ जेठ ५ गते बिहिबार ०९:५७

काठमाडौं । सबैको ध्यान खिचेको काठमाडौं महानगरको कोर एरियाका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले धमाका मच्चाउन थालेका छन् । स्थापितले यहाँ स्वतन्त्र उम्मेदवार बालेन साहलाई ४ गुुणा मतले पछि पारेका हुन् । ठमाडौंको वडा नम्बर...

काठमाडौं ।

सबैको ध्यान खिचेको काठमाडौं महानगरको कोर एरियाका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले धमाका मच्चाउन थालेका छन् । स्थापितले यहाँ स्वतन्त्र उम्मेदवार बालेन साहलाई ४ गुुणा मतले पछि पारेका हुन् ।

ठमाडौंको वडा नम्बर २७ मा ३०० मतको गणना सकिएको छ । अहिलेसम्मको मतगणनामा एमालेका उम्मेदवार केशव स्थापितले फराकिलो अग्रता लिइरहेका छन् ।

प्राप्त विवरणअनुसार ३०० भोटमा स्थापित एक्लैले १४५ भोट ल्याएका छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालन साहको ४३ भोट र नेपाली कांग्रेसकी सिर्जना सिंहको ४१ भोट छ ।

यस वडामा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि उल्लेख्य भोट ल्याइरहेका छन् । चौंथो स्थानमा रहेका उनको चुनावचिन्ह आँखिझ्यालमा अहिलेसम्म ३१ भोट आइसकेको छ ।

यस्तै काठमाडौंको वडा नम्बर ८ को पनि मतगणना जारी छ । यस वडामा ६०० मतको गणना सकिँदा सिर्जना सिंहले अग्रस्थानमा रहँदो १९५ भोट ल्याएकी छन् । एमालेका स्थापित र स्वतन्त्र उम्मेवार बालेनको समान १५०/१५० भोट छ ।

कुल मतपरिणाममा भने स्वतन्त्र उम्मेदवार बालेन साह दोब्बर बढी मत अग्रता लिइरहेका छन् । यो समाचार तयार पार्दासम्म

बालेनले २४ हजार ३ सय ३५ मत पाउदा स्थापित र सिर्जनाले क्रमशः १२ हजार ७ सय १२ र ११ हजार ९ सय ७६ पाएका छन् ।

गोकुल बास्कोटामाथि ठूलो बज्रपात

नेकपा एमालेका चर्चित युवा नेता तथा मन्त्री हुदा ७० करोड भ्रष्टाचार काण्डमा मुछिएका गोकुल बास्कोटामाथि बज्रपात भएको छ । उनको गृहपालिकामा माधव कुमार नेपाल नेतृत्वको पार्टीले बाजी मारेको हो ।

काभ्रेको मण्डन देउपुर नगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट

उम्मेदवार बनेका टोकबहादुर वाइबा ९ हजार ४ सय ६ सहित नेकपा एसका मेयर बनेका हुन् । उनले पराजित गरेका एमाले उम्मेदवार विदुरप्रसाद सापकोटाले ८ हजार ३ सय ५१ मत पाएका छन् । praharnews

प्रकाशित मिति २०७९ जेठ ५ गते बिहिबार ०९:५७
प्रतिक्रियाहरु