दुई तिहाईको नेकपाको सरकार माछो–माछो भ्यागुतो भयोः झलनाथ खनाल

दुई तिहाईको नेकपाको सरकार माछो–माछो भ्यागुतो भयोः झलनाथ खनाल

छाँयापाटी

@छाँयापाटी

२०७९ असार १६ गते बिहिबार ०१:३८

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संसदलाई जनताका आवाज घन्काउने थलोको रूपमा रहने व्यवस्था गरिरहनुपर्ने बताएका छन् । ६४ औं संसद दिवसका अवसरमा पुर्व सांसद मञ्च नेपालले बिहीबार नयाँ बानेश्वरमा गरेको कार्यक्रममा...

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संसदलाई जनताका आवाज घन्काउने थलोको रूपमा रहने व्यवस्था गरिरहनुपर्ने बताएका छन् ।

६४ औं संसद दिवसका अवसरमा पुर्व सांसद मञ्च नेपालले बिहीबार नयाँ बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै दलका नेताहरूलाई झ्वाँक चलेको आधारमा संसद विघटन हुने गरेको बताए ।

उनले जनताको आवाज उठाउनु पर्ने थलोको रूपमा रहेको संसद राजनीति दलले नै अवरुद्ध गरेर जनताका आवाज कमजोर बनाउने गरेको बताए ।

उनले संसदप्रति राजनीतिक दल तथा नेता सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

उनले संसारका धेरै संसद भन्दा नेपालको संसद प्रगतिशील हुँदै गएको बताए । नेपालको संसदमा ३३ प्रतिशत महिला सहभागिता रहेकोले अन्य देशको संसद भन्दा नेपालको संसद परिपक्व बन्दै गरेको बताए ।

नेता खनालले दुई तिहाईको नेकपाको सरकार बनेपछि भूमिसुधार नीति लागू होला, कृषि क्रान्ति होला, उद्योगहरू स्थापना होला भन्दा माछो माछो भ्यागुतो भएको बताए ।

उनले सुखी नेपाली समृद्ध नेपाल भनेको के हो, वैज्ञानिक समाजवाद भनेको के हो रु त्यसबारेमा कुरा गर्नेहरूलाई बोलाएर बहस गराउन पुर्व सांसद मञ्चलाई बहस गराउन आग्रह गरे ।

Source- galaxykhabar

प्रकाशित मिति २०७९ असार १६ गते बिहिबार ०१:३८
प्रतिक्रियाहरु