काठमाडौं – आयोगले गरेको खास निर्णय के हो ?नेकपाका दुई समूहले आधिकारिता दाबी गर्दै पेस गरेको कागजात अध्ययन गर्दा कानुनी रूपमा दुवै पक्षको दाबी नपुगेकाले दुवै पक्षलाई नेकपाको मान्यता दिन सकिएन । केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको तथा विष्णु पौडेल महासचिव रहेको नेकपा मात्रै आधिकारिक नेकपा हुन सक्ने ठहर आयोगले गरेको हो’ ।
दुवै पक्षको निवेदन खारेज गर्नुभएको हो ?
दुवै पक्षले आधिकारिकताको दाबी गदै पेस गरेको निवेदन र कागजातमा कुनै प्रकारको रित र कानुनी अंगसमेत नपुगेकाले दुवै निवेदनलाई आयोगमा अभिलेखीकरण गर्न सकिएन’ । त्यसैले दुवै निवेदन खारेज गरिदिएका हौं’ ।
त्यसो भए कुनचाहिँ नेकपा आधिकारिक हो त ?
समूहगत रूपमा आएका दुवै समूहको निवेदन खारेज गरिदिएपछि पुरानै नेकपा आधिकारिक हो’ । अरू कुनै पनि समूहलाई आयोगले चिन्दैन ।
केका आधारमा उनीहरूको निवेदन खारेज गर्नुभयो ?
नेकपाको विधान हेर्दा दुई अध्यक्षको सहमतिमा महासचिवले बैठक राख्ने र बैठकबाट भएका निर्णयलाई दुवै जना अध्यक्षले हस्ताक्षर गरी प्रमाणित गर्नुपर्ने मुख्य प्रावधान छ । सो प्रावधानअनुसार कसैले पनि निर्णय गरेको देखिएन त्यसैले यो प्रावधानविपरीत गरिएका निर्णय स्वतः अवैध हुन्छन् ‘। आयोगमा पनि त्यसैगरी अवैध निर्णयहरू पेस गरिएकाले त्यस्ता अवैध निर्णयसहितका निवेदनलाई खारेज गरेका हौं ।
एक अध्यक्ष हटाएर अर्को अध्यक्ष राखिएको छ नि ? यसमा आयोगको धारणा के छ ?
नेकपाको अध्यक्ष हटाउन विधानअनुसार केन्द्रीय कमिटीको दुई तिहाइ बहुमत चाहिन्छ । दुई तिहाइको केन्द्रीय कमिटीबाट अध्यक्ष हटाउनुपर्नेमा त्यसो नगरिएकाले अध्यक्ष हटाउने कार्य नै अवैध छ ‘।
केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाइएको भनिए पनि सो प्रक्रिया पार्टीको विधान र कानुनअनुसार नदेखिएकाले अवैध छ ‘।
नेकपाको विधान हेर्दा आयोगले अध्यक्षका रूपमा ओली र दाहाललाई मात्रै चिन्छ, अरूलाई चिन्दैन । ओलीलाई हटाउन अपनाइएका प्रक्रिया पार्टीको विधि र कानुनअनुसार देखिएन त्यसैले आयोगमा नेकपा जतिखेर दर्ता भयो, त्यतिखेर कायम रहेका अध्यक्ष ओली र दाहाल तथा महासचिव पौडेल रहेको नेकपा नै आधिकारिक हो|
ओलीलाई साधारण सदस्यबाटै हटाउने दाहाल–नेपाल समुहको निर्णय
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले केपी शर्मा ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो’ ।
ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ‘।
माघ ५ मा उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेताहरुले बुझाएका थिए । ओलीलाई तीन दिनभित्र स्पष्टिकरण पत्र बुझाउन समय दिइएको थियो । तर, ओलीले स्पष्टीकरण नबुझाएपछि उनलाई आइतबारको बैठकले पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको हो’ ।
प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकै दिन पुस ५ मा बसेको स्थायी कमिटीका बहुमत सदस्यको बैठकले ओलीमाथि पार्टी अनुशासनको कारबाही अगाडि बढाउने निर्णय गरेको थियो ।त्यहिअनुसार पुस ७ को केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई ल्याएको थियो ‘।
प्रकाशित मिति २०७७ माघ १२ गते सोमबार ०३:२२