कांग्रेस उपसभापतिले अर्थमन्त्रीमाथि छानबिन गरौ भने पछि भयो माओबादी मा खैला बैला

कांग्रेस उपसभापतिले अर्थमन्त्रीमाथि छानबिन गरौ भने पछि भयो माओबादी मा खैला बैला

छाँयापाटी

@छाँयापाटी

२०७९ असार २२ गते बुधबार ११:२४

काठमाडौं– प्रमुख प्रतिपक्ष दलले सडक र सदनबाट अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै संसदीय छानबिन हुनुपर्ने माग गरिरहेको बेला सत्तारुढ दलका नेताले साथ दिएका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता उपसभापति पूर्णबहादुर...

काठमाडौं–

प्रमुख प्रतिपक्ष दलले सडक र सदनबाट अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै संसदीय छानबिन हुनुपर्ने माग गरिरहेको बेला सत्तारुढ दलका नेताले साथ दिएका छन् ।

नेपाली कांग्रेसका प्रभावशाली नेता उपसभापति पूर्णबहादुर खड्काले पनि अर्थमन्त्रालयको विषयमा संसदीय छानविन गर्नुपर्ने बताएका हुन् ।

खड्काले अर्थमन्त्रालयका सम्बन्धमा गम्भीर चासोको विषय बनेकाले संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गर्नुपर्ने बताए। उनले विगतमा पनि

संसदको यस्तो परम्परा रहेको उल्लेख गरे। खड्काले लेखेका छन्,‘बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर अर्थमन्त्रालयका सम्बन्धमा संसद र

आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ ।

विगतमा पनि संसदको यस्तो परम्परा छ।’ उनले ढिला नगरी आजै संसदीय समिति निर्माणको टुंगो लगाउनुपर्ने बताए। अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति घुसाएर बजेटमा करका दर तल–माथि गरेको बेलाको सीसीटीभी फुटेज ‘मेटिए’पछि सरकार थप आलोचित बनेको हो।

प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दै बजेटमा अर्थमन्त्री शर्मामाथि संसदीय छानबिन हुनुपर्ने दोहोर्‍याएका छन्।

उनले आफ्ना मन्त्रीमाथि प्रश्न उठेको भन्दै त्यसको छानबिन गर्नुपर्ने दबाब प्रधानमन्त्री शेरबहादुर देउवामाथि बढाएका छन्।

कांग्रेस महामन्त्री गगन थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका थिए। सोमबार प्रतिनिधिसभा बैठकपछि नेता थापाले अर्थमन्त्री शर्माको विषयमा प्रधानमन्त्री तत्काल एक्सनमा जानुपर्ने बताएका हुन्। ‘यत्रो विषय संसद्मा उठ्यो।

बाहिर उठ्यो। यसमा हो होइन मलाई थाहा छैन। तर, यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले राजीनामा दिनुपर्छ कि प्रधानमन्त्रीजीले हटाउनुपर्छ।

तत्काल छानबिन गर्नुपर्छ’, थापाले भने, ‘हाम्रो आफ्नै कार्यविधि छ। हाम्रो आफ्नै नियम कानुनले पनि कम्तीमा तीन महिनाको सीसीटीभी फुटेज राख्नुपर्ने भनिहाल्छ। त्यसमाथि पनि यो बजेट संसद्ले पारित गरेको छ, यसको करको दर भनेको सामान्य कुरो होइन।’

अर्थमन्त्री शर्माले पूर्वनासु रघुनाथ घिमिरे र व्यापारिक घरानाका एक ‘फाइनान्स डाइरेक्टर’लाई जेठ १४ गते मध्यराति मन्त्रालयमा प्रवेश गराएर बजेटमा राजस्व, कर र भन्सारका दर मिलाउन प्रयोग गरेका थिए। अन्नपूर्ण पोस्ट्ले ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो ’ शीर्षकमा विशेष समाचार प्रकाशन गरेको थियो।

उक्त दिनको सीसीटीभी फुटेज दिन उपभोक्ता हित संरक्षण मञ्चले माग गर्दा अर्थ मन्त्रालयले १३ दिनमै मेटिएको जवाफ दिएको थियो।

मन्त्रालयको जवाफले अनधिकृत व्यक्तिको प्रवेशलाई पुष्टि गरेको भन्दै अर्थमन्त्री शर्मामाथि राजीनामा दिन र छानबिन गर्न चौतर्फी दबाब बढेको छ।

नागरिक समाजका अगुवाले समेत तत्काल राजीनामा दिन र अर्थमन्त्रीलाई छानबिनको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।

विपक्षी एमालेनिकट युवा संघले अर्थमन्त्री शर्माको राजीनामा माग्दै मंगलबार सिंहदरबार क्षेत्रमा प्रदर्शन गरेको छ।

 

प्रकाशित मिति २०७९ असार २२ गते बुधबार ११:२४
प्रतिक्रियाहरु