चर्चित नेपाली वैज्ञानिक महावीर पुन पनि ओर्लिए चुनावी मैदानमा, रोजे क्षेत्र ! (नामसहित्)

चर्चित नेपाली वैज्ञानिक महावीर पुन पनि ओर्लिए चुनावी मैदानमा, रोजे क्षेत्र ! (नामसहित्)

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन १६ गते सोमबार ०५:१५

काठमाडौं । चर्चित नेपाली वैज्ञानिक राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन पनि चुनावी मैदानमा ओर्लिने भएका छन् । पुनले नसोचेको क्षेत्रबाट चुनाव लड्ने चाहना व्यक्त गरेपछि सबै आश्चर्यमा परेका हुन् । पुनले सामाजिक...

काठमाडौं । चर्चित नेपाली वैज्ञानिक राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन पनि चुनावी मैदानमा ओर्लिने भएका छन् ।

पुनले नसोचेको क्षेत्रबाट चुनाव लड्ने चाहना व्यक्त गरेपछि सबै आश्चर्यमा परेका हुन् ।

पुनले सामाजिक सञ्जालमार्फत ५ वर्षपछि स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष उठ्ने इच्छा जनाएका हुन् ।

‘आगामी गापा चुनावमा अन्नपूर्ण गाउँपालिका म्याग्दीबाट प्रमुखमा म उठ्नुपर्ला जस्तो देखिँदैछ र केही सीप नलागे उठिन्छ पनि’, फेसबुकमा उनले लेखेका छन् ।

यता म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । जिल्ला सदरमुकाम बेनीदेखि अन्तर जिल्ला र पालिका जोड्ने सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ ।

बर्सातका कारण पहिरो खसेर सडक अवरुद्ध हुँदा बेनीदेखि लामो तथा छोटो दूरीमा चल्ने यातायात सेवा प्रभावित बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

ट्राफिक कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले बागलुङ–बेनीबाहेकका अन्य प्रमुख सडक अवरुद्ध बनेको जानकारी दिए ।

मालढुङ्गा–बेनी, बेनी–जोमसोम र बेनी–दरवाङ सडकको ठाउँ ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको उनले बताए ।

म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको विभिन्न ठाउँमा पहिरो खसेर गए रातिदेखि सवारी साधन चलेका छैनन् । मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि निर्माणाधीन अवस्थामा छ ।

बेनीदेखि पोखरा, काठमाडौँलगायत सहरमा जाने आउने सवारी साधनलाई बागलुङ–बेनीको वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लालाई जोड्ने बेनी–जोमसोम सडक जलेश्वर, बेगखोला, नैनीबगर र रुप्सेमा अवरुद्ध छ ।

जलेश्वरमा पहिराले सडक कटान, बेगखोला र रुप्सेमा बाढी तथा नैनीबगरमा पहिरो खसेर अवरुद्ध बनेको हो ।

यसैगरी मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पनि घुमाउने भिर र बाङ्गेपहिरोमा अवरुद्ध बनेको छ ।

दुवै ठाउँमा पहिरो खसेर यातायातका साधन आवतजावत गर्न नसक्ने अवस्था छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना, पूर्वाधार विकास कार्यालय, स्थानीय तह र सुरक्षा निकायले अवरुद्ध सडक खुलाउने प्रयास गरे पनि निरन्तरको बर्सातका कारण समस्या भएको छ ।

Source: Prahar News

प्रकाशित मिति २०७९ साउन १६ गते सोमबार ०५:१५
प्रतिक्रियाहरु