काठमाडौं ।
अर्थमन्त्रालयमा जनार्दन शर्माको कमब्याक उनको इगोको लागि हो कि, वित्तीय गठबन्धनको रूपमा परिणत भइरहेको सत्ता
साझेदार दलका शीर्ष नेताहरूको ‘आर्थिक स्वार्थको बिगो’ का लागि हो ? माओवादीकै नेताहरूसमेत रनभुल्लमा परेका छन् ।शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिका सदस्यसमेत रहेका माओवादी नेता शक्ति बस्नेतले अध्यक्ष प्रचण्डलाई
भेटेरै जनार्दनलाई पुनः अर्थमन्त्रीको जिम्मेवारीमा फर्काइनु कुनै पनि बेला आत्मघाती हुने भन्दै त्यस्तो गल्ती नगर्न सुझाव दिएका थिए ।माओवादीका एक शीर्षस्थ नेताका अनुसार बस्नेतले संसदीय छानबिन समितिले पाउन नसकेको जेठ १४ गते मध्यरातको
सीसीटीभी फुटेज कतिपय दूतावास र शक्तिकेन्द्रमा पुगेको आशंका गर्दै चुनावको मुखमा वा माओवादीलाई अप्ठेरो पार्नका लागि कुनै पनि बेला सार्वजनिक गरिन सक्ने आशंकासमेत प्रचण्डसमक्ष व्यक्त गरेका थिए ।
ती नेताले भने, ‘शक्तिजीले प्रचण्डसँग जनार्दनजीलाई अर्थमन्त्रीमा नफर्काउन सुझाव दिने क्रममा कतिपय महत्वपूर्ण सूचनासमेत दिनुभएको थियो । चुनावको मुखमा वा कुनै पनि बेला त्यसरातको सीसीटीभी फुटेज सार्वजनिक हुँदा प्रधानमन्त्रीले
समेत पद त्याग्नुपर्ने अवस्था आउन सक्ने भने पनि प्रचण्डसमेत अदृष्य शक्तिको दबाबमा परेको बुझियो । कतिपय महत्वपूर्ण नीतिगत निर्णय जनार्दनबाटै गराउन बालुवाटारलगायत शक्तिहरू लागे ।
संसदीय समितिले नपाएको फुटेज र कतिपय ‘एभिडेन्स’ हरू शक्तिकेन्द्रमा पुगेको र कुनै पनि बेला ती सार्वजनिक हुने
सम्भावना रहेको संसदीय समितिमा रहेका माओवादीकै सदस्यहरूको ठम्याइ छ । समितिले जनार्दनलाई क्लिन चिट दिएको नभई बाहिरी व्यक्तिको बजेट निर्माणमा संलग्नताको फुटेज नभेटिएको मात्र भनेको उनीहरूको भनाइ छ ।
पुनः अर्थमन्त्री बनेपछि बधाई दिन फोन गर्ने र भेट्ने कतिपय व्यापारिक घरानाका व्यक्तिहरूसँग उनले आफू बढीमा एक सातामात्र अर्थमन्त्रालययमा रहने बताएका छन् ।
‘अध्यक्षले शक्तिको कुरा पनि सुन्नुभयो तर जनार्दनलाई फर्काउनै पर्ने बाध्यतामा देखिनुभयो । माओवादीविरुद्ध कुनै पनि बेला प्रयोग गर्नका लागि शक्ति केन्द्रहरुले प्रमाण राखेको आशंका छ’ माओवादीका एक स्थायी कमिटी सदस्यले भने ‘सायद चुनावकै
अगाडि गर्नैपर्ने कतिपय नीतिगत निर्णय होलान्, आर्थिक लाभको विषयमा बालुवाटार र खुमलटारबीच गहिरो सम्बन्ध देखियो ।
अर्थमन्त्री शर्मा दलाल पुँजिवादको चक्रव्यूहमा फसेको र बजेट निर्माणमा नीतिगत तहबाटै ठूलो कैफियत भएकाले संसदीय समितिको राजनीतिक प्रतिवेदनकै आधारमा जोखिम नलिन शक्तिले प्रचण्डलाई सुझाव दिएको माओवादी नेताहरू बताउँछन् ।
जनार्दन कुनै पनि बेला यो प्रकरणमा फस्न सक्ने र अरु धेरै प्रमाण सार्वजनिक हुन सक्ने आशंका समितिमा सदस्य बसेका माओवादी नेताहरूको छ । source: pathivaradaily
प्रकाशित मिति २०७९ साउन १७ गते मङ्गलबार १०:०५