पहिले तोकेको समयमा चुनाब गर्न नसकिन सक्छ – प्रचण्ड

पहिले तोकेको समयमा चुनाब गर्न नसकिन सक्छ – प्रचण्ड

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन १८ गते बुधबार ०८:५९

काठमाडौँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई अशान्ती र अस्थिरताका महानायक भनेर धेरै विश्लेषकहरुले टिप्पणी गर्दै आइरहेका छन् । प्रचण्डले हिंसाको राजनीति गरेर सत्तामा पुगेका र सत्तामा पुगेपछि पनि अस्थिर...

काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई अशान्ती र अस्थिरताका महानायक भनेर धेरै विश्लेषकहरुले टिप्पणी गर्दै आइरहेका छन् । प्रचण्डले हिंसाको राजनीति गरेर सत्तामा पुगेका र सत्तामा पुगेपछि पनि अस्थिर चरित्र बनाएकै कारण उनलाई अशान्ती र अस्थिरताका महानायक उपमा दिएर विश्लेषण हुने गरेको हो ।

यसैबीच, प्रचण्ड फेरि एकपटक देशमा अशान्ती र अस्थिरताको बिउ रोप्ने कोसिस गरिरहेको तथ्य बाहिर आएको छ । झण्डै १५ बर्षदेखि शक्तिको केन्द्रमा छन् । नेपालमा प्रचण्डले जे चाहान्छन् त्यही हुन्छ भन्ने गरिन्छ । उनी कसैलाई सत्तामा पुर्याउन र सत्ताबाट बहिर्गमन गर्न सक्ने क्षमता राख्दछन् ।

नेपालमा अबको मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न पर्ने कानुनी बाध्यता छ । तर प्रचण्ड मंसिरमा चुनावको सामना गर्न तयार छैनन् । स्थानीय तहको निर्वाचनमा प्रचण्डले कांग्रेसको राम्रो साथ पाएनन् । त्यही भएर उनी कांग्रेससँगको गठबन्धन तोडेर कम्युनिस्ट पार्टीहरुको गठबन्धन बनाउन चाहान्छन् ।

तर त्यसको वाताबरण बनिसकेको छैन् । चीनले पनि नेपालमा कम्युनिस्ट पार्टीहरु एक भएको हेर्न चाहिरहेको छ । त्यसका लागि चिनियाँहरुको नेपालमा बाक्लो आवतजावत भइरहेको छ । प्रचण्ड पनि चिनियाँको भनाईमा सहमत छन् तर नेकपा एमाले त्यसका लागि तयार नहुँदा उनलाई समस्या भएको छ ।

मंसिरमा हुने निर्वाचन सारेर प्रचण्ड बैशाखसम्म पुर्याउन चाहान्छन । त्यसका लागि प्रचण्डले विप्लव नेतृत्वको नेकपालाई उत्तेजित बनाउन षड्यन्त्र गरिरहेका छन् । विप्लवलाई उत्तेजित बनाएर अशान्तिको बहाना बनाउँदै चुनाव सार्न सकिन्छकी भनेर प्रचण्डले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई प्रयोग गरेका छन् ।

प्रचण्डले कार्कीलाई दिएको निर्देशन अनुसार सोमबार बिहान पाटन उच्च अदालतले विप्लवसहित २५ जना नेताकार्यकर्ताको नाममा ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । नेकपा महासचिव विप्लव, नेकपा प्रवक्ता प्रकाण्ड, तेश्रो बरियताका नेता विषम, चौथो बरियताकी शिलु, छैटौं बरियताका रणबीर लगायत २५ नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

पक्राउ पुर्जी जारी हुँदा विप्लवसहितका नेताहरु भूमिगत हुने र त्यही बहानामा प्रतिनिधिसभाको निर्वाचन सार्ने प्रचण्डको योजना छ । प्रचण्डले केही दिनअघि कामु प्रधानन्यायाधीशलाई भेटेर २ घण्टा कुराकानी गरेका थिए ।Source-galaxykhabar

प्रकाशित मिति २०७९ साउन १८ गते बुधबार ०८:५९
प्रतिक्रियाहरु