दिल्लीको अस्पतालबाट आयो कांग्रेस नेतृ सुजाता कोइरालाबारे अत्यन्तै दुखद खबर

दिल्लीको अस्पतालबाट आयो कांग्रेस नेतृ सुजाता कोइरालाबारे अत्यन्तै दुखद खबर

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन १९ गते बिहिबार ०८:४८

काठमाडौं । नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाको स्वास्थ्यमा समस्या देखिएको छ । उनी उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन् । कोइरालाको नयाँ दिल्लीमा रहेको म्याक्स अस्पतालमा उपचार भइरहेको छ । तीन दिन देखि उनी अस्पतालमा...

काठमाडौं ।
नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाको स्वास्थ्यमा समस्या देखिएको छ । उनी उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन् ।

कोइरालाको नयाँ दिल्लीमा रहेको म्याक्स अस्पतालमा उपचार भइरहेको छ । तीन दिन देखि उनी अस्पतालमा भर्ना भएकी छन्। केही दिन उनी अस्पतालमै बस्ने बताइएको छ। उनी यसअघि क्यान्सर रोगबाट पीडित थिइन् ।

अख्तियारले फेरी देखायो कमाल, अर्का कर्मचारी घुससहित पक्राउ परेपछि चौतर्फी खैलाबैला

आन्तरिक राजश्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनलाई बुधबार पक्राउ गरेको हो।

ललितपुर महानगरपालिका वडा नं. १७ सुनधारा बस्ने ५१ वर्षीया बिन्दु २०५२ जेष्ठ १ गते कम्प्युटर अपरेटरमा सेवा प्रवेश गरेकी

हुन्। उनी कार्यरत कार्यालयबाटै अख्तियारले छ। उनलाई पक्राउ गरेको हो। उनको साथबाट अख्तियारले घुस लिएको नगद बरामद गरेको हो।

कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिको राजश्व कार्यालय पुगेका सेवाग्राहीलाई बिन्दुले सास्ती दिएर घुस मागेकी थिइन्।

सेवाग्राहीले रकम दिएपश्चात् उनलाई घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ। मंगलबार पर्यटन मन्त्रालयका एक उपसचिव ६ लाख घुस सहित पक्राउ परेका थिए।

बालुवाटारमा देउवाले प्रचण्ड र नेपाललाई यसरी थाङ्नामा सुताइदिए, कांग्रेसमा खुसियाली  !

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन मंसिर ४ गते गर्न सत्तारुढ गठबन्धन तयार भएको छ। बुधबार

दिउँसो बालुवाटारमा भएको गठबन्धनको बैठकमा मंसिर ४ गते निर्वाचन गर्न सहमति जुटेको हो। निर्वाचनको मितिबारे छलफल गर्न बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलका नेताहरुलाई बोलाएका थिए।

बैठकको सुरुमा नै गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका

अध्यक्ष माधवकुमार नेपालले चुनावको मितिका सम्बन्धमा राख्दै आएका धारणाका बारेमा आफू जानकार भएको प्रधानमन्त्री

देउवाले बताएका थिए। बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा विषय प्रवेश गर्दै देउवाले दाहाल–नेपालले राख्‍न सक्ने

सम्भावित प्रस्तावको ‘च्याप्टर क्लोज’ गरिदिए। देउवाले बैठकको सुरुवातमै भनेका थिए, ुयो बैठक चुनावको मितिका बारेमा

छलफल गर्न बोलाइएको हो। चुनाव मंसिर मै मंसिर मै हुन्छ। मंसिरमै गरौं, गर्नुपर्छ। मिति घोषणा गरेर निर्वाचन आयोगलाई जिम्मा दिऔं।’ source: mediadabali

प्रकाशित मिति २०७९ साउन १९ गते बिहिबार ०८:४८
प्रतिक्रियाहरु