४ मंसिरमा संघ र प्रदेशको चुनाव एकै चरणमा गर्ने तर विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने मन्त्रिपरिषद्‌को निर्णय

४ मंसिरमा संघ र प्रदेशको चुनाव एकै चरणमा गर्ने तर  विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने मन्त्रिपरिषद्‌को निर्णय

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन १९ गते बिहिबार ०३:०६

१९ साउन, काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने  निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि...

४ मंसिरको चुनावमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने

१९ साउन, काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने  निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

१९ साउन, काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग नहुने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले समयमा विद्युतीय मतदान मेसिन नदिएका कारण ४ मंसिरको चुनावमा प्रयोग हुने सम्भावना नभएको अनलाइनखबरलाई बताए ।

निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भए असार मसान्तभित्र उपलब्ध गराइदिन सरकारलाई आग्रह गरेको थियो ।

‘यसपलि विद्युतीय भोटिङ मेसिनको सम्भावना रहेन, हामीले असार मशान्तभित्र आयोगलाई विद्युतीय भोटिङ मेसिन उपलब्ध गराइदिन आग्रह गरेका थियौं, तर सरकारले उपलब्ध गराउन सकेन’ उनले भने ।

बिहीबारको मन्त्रिपरिष्द बैठकले ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरेको थियो ।

 

प्रकाशित मिति २०७९ साउन १९ गते बिहिबार ०३:०६
प्रतिक्रियाहरु