राष्ट्रपति भण्डारीले रोकिन् नागरिकता विधेयक, हल्लियो गठबन्धन सरकार !

राष्ट्रपति भण्डारीले रोकिन् नागरिकता विधेयक, हल्लियो गठबन्धन सरकार !

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन १९ गते बिहिबार ०४:५९

काठमाडौं । सर्वाधिक विरोध र आलोचना खेपेको नागरिकता विधेयक शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले संसदबाट पारित गर्यो । कालान्तरमा यो विधेयकले नेपालको सिक्किमीकरण हुने भन्दै चर्को आलोचना र विरोध भइरहेको छ । यसैबीच, सबैको...

काठमाडौं । सर्वाधिक विरोध र आलोचना खेपेको नागरिकता विधेयक शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले

संसदबाट पारित गर्यो । कालान्तरमा यो विधेयकले नेपालको सिक्किमीकरण हुने भन्दै चर्को आलोचना र विरोध भइरहेको छ ।

यसैबीच, सबैको ध्यान शीतल निवास तर्फ मोडिएको छ । अहिले नागरिकता विधेयकको बल राष्ट्रपति विद्यादेवी

भण्डारीको कोर्टमा पुगेको छ तर नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने नागरिकता विधेयकमा राष्ट्रपति भण्डारीले नै रोकेर राखेकी छन् ।भण्डारी अनिर्णीत बनेपछि सत्ता गठबन्धन सरकार सशंकित मात्रै बनेको छैन् राष्ट्रपति

भण्डारीले यो विधेयक प्रमाणिकरण गर्न ढिलो गरेपछि तरंग नै पैदा गरेको छ । त्यसको अर्को दिन सोमाबार नै संसद सचिवालयले नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा

पठाएको हो । नागरिकता विधेयक सरकारमा हुँदा तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको अध्यादेश अनुरुप नै बनाएको भए पनि एमालेले विरोध जनाएको थियो । त्यसैक्रममा विधेयकप्रति राष्ट्रपतिको पनि असन्तुष्टि सार्वजनिक भएको थियो ।

संसदले पारित गरेर पठाएको विधेयकसमेत पुनर्विचारका लागि सरकारलाई पठाउने संवैधानिक अधिकार राष्ट्रपतिलाई छ । तर, त्यो अधिकार नकुरी असन्तुष्टि सार्वजनिक भएपछि

राष्ट्रपतिले विधेयक प्रमाणित नगर्ने धेरैको अनुमान थियो । राष्ट्रपति कार्यालय स्रोतका अनुसार अहिलेसम्म राष्ट्रपति

भण्डारी प्रमाणित गर्ने कि पुनर्विचारका लागि पठाउने भन्ने निर्णयमा पनि पुगिसकेकी छैनन् ।संसदबाट विधेयक आएको चारदिन भएको छ । अहिलेसम्म प्रमाणिकरण गरेर जारी गर्ने वा पुनर्विचारका लागि फिर्ता

पठाउने भन्ने कुनै निर्णय भएको छैन,” राष्ट्रपतिको निजी सचिवालयका एक सदस्यले भने, “पुनर्विचारका लागि पठाउने राष्ट्रपतिको स्वविवेकीय अधिकार हो । १५ दिनसम्म उहाँलाई समय हुन्छ । त्यतिञ्जेलसम्म उहाँले निर्णय लिनुहुनेछ ।

ती सदस्यका अनुसार विधेयकका विषयमा व्यापक विरोध भएकाले राष्ट्रपतिलाई निर्णय गर्न केही समय लिनुपरेको हो । अंगीकृत नागरिकका सन्तानलाई पनि वंशजको नागरिकता दिनेगरी संविधान जारी भएको झण्डै सात वर्ष भएको छ ।

यसबीचमा नागरिकता विधेयक जारी नहुँदा जन्मसिद्ध तथा अंगीकृत नागरिकका सन्तान नागरिकताको अधिकारबाटै बञ्चित भएका छन् । यससँगै वैवाहिक अंगीकृतलाई नागरिकता दिन समयसीमा नराखिएको भन्दै सडकमा समेत

विरोध भइरहेको छ । नागरिकताका विषयमा अनेक तर्क आइरहेका बेला राष्ट्रपतिबाटै असन्तुष्टि आएपछि विरोधीहरू थप उत्साही भएका थिए ।

यो विधेयक रोके जनताको नजरमा राष्ट्रपतिको उचाइ नसोचेको हिसाबमा बढ्ने टिप्पणी समेत भइरहेको छ ।त्यसकारण पनि यो राष्ट्रपति भण्डारीका लागि सुनौलो अवसर हो । संसदका दुबै सदनले पारित गरेपछि गत

आइतबार नै प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले विधेयक प्रमाणित गरेका थिए ।

Source : prahar News

प्रकाशित मिति २०७९ साउन १९ गते बिहिबार ०४:५९
प्रतिक्रियाहरु