संसदीय समितिमा रावलको प्रश्न- एसपीपी फिर्ताको पत्र विदेशी राजदूतले हेर्न हुने, सार्वभौम संसदले हेर्न नहुने?

संसदीय समितिमा रावलको प्रश्न- एसपीपी फिर्ताको पत्र विदेशी राजदूतले हेर्न हुने, सार्वभौम संसदले हेर्न नहुने?

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन १९ गते बिहिबार ०५:०९

काठमाडौं : एमाले सांसद भीम रावलले रद्द गरेको भनिएएको अमेरिकी साझेदारी कार्यक्रम (एसपीपी)को पत्र र अमेरीकी सरकारलाई पठाएको चिठीको प्रतिलिपी नदिँदा सरकारप्रति झन् अविश्वास बढेको बताएका छन्। संसद बैठकमा परराष्ट्र मन्त्री नारायण...

काठमाडौं :

एमाले सांसद भीम रावलले रद्द गरेको भनिएएको अमेरिकी साझेदारी कार्यक्रम (एसपीपी)को पत्र र अमेरीकी सरकारलाई पठाएको चिठीको प्रतिलिपी नदिँदा सरकारप्रति झन् अविश्वास बढेको बताएका छन्।

संसद बैठकमा परराष्ट्र मन्त्री नारायण खड्काले एसपीपी पत्र रद्द गरिएको र अमेरीकी सरकारलाई पठाइसकेको भन्दै विश्वस्त हुन सांसदहरुलाई आग्रह गरेका थिए।

संसदको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रावलले भने, ‘सरकारका सम्बन्धीत मन्त्रीले मागेका दस्तावेज किन उपलब्ध गराउनुहुन्न? कानुनी शासन मान्छु भन्ने सरकारले समितिले मागेको कागज दिनुपर्दैन?’

उनले अमेरिकी सरकारलाई पत्र पठाएको हो भने संसदलाई पत्र देखाउन माग गरे। ‘जनताका प्रतिनिधि रहेको समिति वा संसदलाई सम्मान गर्नुपर्छ। समितl र संसद बैठकमार्फत् आधिकारिक जवाफ दिनुपर्छ। संसदीय समितिमा आउन किन हिचकिचाएको? एसपीपी रद्द गरिएको र फिर्ता पठाइएको भनिएको पत्र विदेशी राजदूतले हेर्न हुने नेपाली जनताका प्रतिनिधिले हेर्न नहुने यो कस्तो लोकतन्त्र?’

संसदीय समितीले सरकारले रद्द गरेको भनिएको अमेरीकी साझेदारी कार्यक्रम (एसपीपी)को पत्र र अमेरिकी सरकारलाई पठाएको चिठीको प्रतिलिपीसहित उपस्थित हुन सरकारलाई निर्देशन दिएको छ। समितिले परराष्ट्र मन्त्री नारायण खड्का, कार्यबाहक प्रधानसेनापति, रक्षा सचिवलाई उपस्थित हुन निर्देशन दिएको हो।Source-anpurnapost

प्रकाशित मिति २०७९ साउन १९ गते बिहिबार ०५:०९
प्रतिक्रियाहरु