नउठौ डरायो भन्लान तेसैले राजनीति छाडौं कि भन्ने लाग्छ : माधव नेपाल

नउठौ  डरायो भन्लान तेसैले राजनीति छाडौं कि भन्ने लाग्छ : माधव नेपाल

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन १९ गते बिहिबार ०५:४३

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीति छाड्ने संकेत गरेका छन्। उनले परिस्थितिका कारण मात्रै राजनीति छाड्न नसकेको स्पष्ट पारे। 'कहिलेकाहीँ त राजनीति छाडौं कि भन्ने लाग्छ। तर परिस्थितिले छाड्न दिएको...

निर्वाचनमा करिब एक करोड ८६ लाख मतदाता पुग्ने

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीति छाड्ने संकेत गरेका छन्। उनले परिस्थितिका कारण मात्रै राजनीति छाड्न नसकेको स्पष्ट पारे।

‘कहिलेकाहीँ त राजनीति छाडौं कि भन्ने लाग्छ। तर परिस्थितिले छाड्न दिएको छैन,’ राजधानीमा आयोजित किताब विमोचन कार्यक्रममा उनले भने।

अध्यक्ष नेपालले मंसिर ४ गते हुने निर्वाचनमा पनि आफू उम्मेदवार बन्नैपर्ने भएको बताए। नउठे डरायो कि भन्ने बुझाइ हुनसक्ने उनको भनाइ छ। ‘मंसिर ४ गते हुने चुनावमा नउठ्ने कुरा पनि भएन। डराएछ कि क्या हो माधव नेपाल भन्ने हुनसक्छ,’ उनले भने।

उनले आगामी निर्वाचनमा जित्नैपर्ने बताए। उनले विजयको शंख बजाएर जनताका बीच आउनुपर्ने बताए।

निर्वाचन आयोगले आउँदो निर्वाचनमा करिब १ करोड ८६ लाख मतदाता पुग्ने आँकलन गरेको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले करिब १ करोड ८६ लाख मतदाता पुग्ने प्रारम्भिक अनुमान रहेको बताए।

आयोगले सञ्चालन गर्दै आएको मतदाता नामावली संकलन शुक्रबारदेखि स्थगितसमेत गरिएको छ। मतदाता नामावलीको अद्यावधिक तथ्यांक केही दिनमै सार्वजनिक गरिने आयोगले जनाएको छ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा १ करोड ७० लाख मतदाता रहेका थिए। संघ र प्रदेशको निर्वाचनमा करिब दस लाख मतादाता थपिनेछन्।

सरकारले आजै संघ र प्रदेशको निर्वाचन एकैचरणमा मंसिर ४ गते गर्ने निर्णय गरेको थियो।

 

प्रकाशित मिति २०७९ साउन १९ गते बिहिबार ०५:४३
प्रतिक्रियाहरु