काठमाडौं ।
काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनीता डंगोलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानबाट आफू प्रभावित भएको बताएकी छन् ।
एक कार्यक्रममा उनले देश विकासको कामलाई तीव्र गतिमा लैजान एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्नुपर्नेमा जोड दिइन् । “समृद्ध नेपाल, सुखी नेपालीको नाराबाट नै म प्रभावित भएको हुँ । फेरि विकासको लहर आउनुपर्छ ।
नेकपा ९एमाले०को नेतृत्वमा सरकार बनाउनुपर्छ । पुनः नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुपर्छ,” उनले भनिन्, “देश विकासमा भएका कामलाई तीव्र गतिमा लैजान सक्छौँ । समृद्ध नेपाल, सुखी नेपालीलाई नारामा होइन, यथार्थमा बदल्न यो आवश्यक छ ।”
आसन्न स्थानीय तह निर्वाचनमा एमालेले ७० प्रतिशत स्थानमा विजयी हासिल गर्नुपर्ने उनले बताइन् । अबको संघीय निर्वाचनबाट एमालेले दुईतिहाइ बहुमत ल्याउनुपर्ने र त्यसको आधार स्थानीय निर्वाचन भएको उनको भनाइ छ ।Source-galaxykhabar
प्रकाशित मिति २०७९ साउन २२ गते आईतबार ०१:३९