अरुले २०–२५ वर्षमा गर्न नसकेको काम मेरो पार्टी नेकपा एमालेले ३ वर्षमा गरेर देखायो भन्दै गर्जिए ओली

अरुले २०–२५ वर्षमा गर्न नसकेको काम मेरो पार्टी नेकपा एमालेले ३ वर्षमा गरेर देखायो भन्दै गर्जिए ओली

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन २४ गते मङ्गलबार १२:१५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री हुँदा सिन्को समेत नभाँचेको भन्दै नेपालको आलोचना गरेका छन् । नेपालको गृह जिल्ला रौतहट पुगेका ओलीले रौतहटको विकासका...

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री हुँदा सिन्को समेत नभाँचेको भन्दै नेपालको आलोचना गरेका छन् ।

नेपालको गृह जिल्ला रौतहट पुगेका ओलीले रौतहटको विकासका लागि नेपालले कुनै काम नगरेको दावी गरेका हुन् ।

अरुले २०–२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले ३ वर्षमा गरेर देखाएको दावी गरेका उनले भने, ‘तपाईंहरुलाई थाहा छ, अरुले २०–२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले ३ वर्षमा गरेर देखायोभने, तर, माधवकुमार नेपालले २१ महिना प्रधानमन्त्री हुँदा सिन्को भाँचेनन् ।’

रौतहटमा गौरमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको आलोचना गरेका ओलीले आफू प्रधानमन्त्री हुँदा तराईको मेचीदेखि महाकालीसम्म विकासको काम गरेको दावी गरे ।

‘हुलाकी राजमार्ग भन्नुहोस्, कि रेलमार्ग भन्नुहोस्, धेरै योजनामा पैसा पठाएँ,’ उनले भने ।

प्रकाशित मिति २०७९ साउन २४ गते मङ्गलबार १२:१५
प्रतिक्रियाहरु