विमला वलीलाई फेरि आयो एकराजको झझल्को, अब त यसो सम्म भन्न थालिन् !

विमला वलीलाई फेरि आयो एकराजको झझल्को, अब त यसो सम्म भन्न थालिन् !

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन २५ गते बुधबार १०:३१

काठमाडौँ काण्डैकाण्ड गर्दै आएकी लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व राज्यमन्त्री विमला कुमारी वली खत्रीलाई फेरि पूर्वप्रेमि एकराजको एकाएक झझल्को आएको छ । राज्यमन्त्री वलीले पूर्वप्रेमी एकराजलाई सम्झिएकी हुन् । वलीले एकराजबाट...

काठमाडौँ

काण्डैकाण्ड गर्दै आएकी लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व राज्यमन्त्री विमला कुमारी वली खत्रीलाई फेरि पूर्वप्रेमि एकराजको एकाएक झझल्को आएको छ । राज्यमन्त्री वलीले पूर्वप्रेमी एकराजलाई सम्झिएकी हुन् ।

वलीले एकराजबाट आफूले पाउनुपर्ने ६ लाख २० हजार रुपैंया अझै नपाएको गुनासो गरेकी छिन्। वाइसीएल नेता एकराज बस्नेतले लगेको सापटी रकम दिलाउन पार्टीका नेताहरुलाई भनेको भएपनि अझै हात नपरेको उनको गुनासो छ।

आफूले राज्यमन्त्रीबाट राजीनामा दिएको भएपनि लगेको सापटी रकम अझै फिर्ता नदिएको वलीले बताइन्। खास पाउनुपर्ने साढे ६ लाख हो, प्रतिवेदनमा ६ लाख २० हजार मैले पाउनुपर्ने भनिएको छ।

डेढ महिना भइसक्यो अहिलेसम्म पाएको छैन। उनले भनिन्, पार्टीका धेरै नेताहरुलाई सम्पर्क गरें। सबैले हुन्छ हुन्छ मात्र

भन्नुहुन्छ, पाएको छैन। वलीले त्यतिबेला आफूलाई राज्यमन्त्रीबाट राजीनामा दिन लगाए पनि सापटी फिर्ता गराउन पार्टीका नेताले चासो नदिएको उल्लेख गरिन् ।

मलाई राजीनामा दिन लगाइयो। सांसद पदबाट पनि दिन्छु भनेको, नदिनु भन्नुभयो। चुप लागेर बस्न बाध्य बनाइयो। उनले भनिन्, मैले झण्डावाला गाडी लगें। त्यही गलत भयो होला।

अरु त सबै हल्ला चलाइएको त हो नि। एउटा सिंगल महिला देखेर समाज नै म माथि लागेको हो। वलीले आफ्नो बस्नेसँग कुनै सम्पर्क नभएको र पार्टीले नै रकम फिर्ता दिलाउनुपर्ने उल्लेख गरिन्।

बालेनको निर्देशनलाई टेडो नजरले पनि हेरेनन् विनोद चौधरीले

महाधनाढ्य विनोद चौधरीको चौधरी ग्रुप मातहतमा रहेको नर्भिक हस्पिटलमा कानुन मिचेर गरेको हर्कत रोक्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोमबार २४ घण्टे लिखित निर्देशन दिए ।

बालेनको उक्त निर्देशनलाई अस्पताल प्रशासन र चौधरी गु्रपले एक कानले सुनेर अर्को कानबाट उडाइदिएको छ । बालेनले

अब के गर्लान् भन्दै सामाजिक सञ्जालमा जिज्ञासा बढेको छ ।सामाजिक सञ्जालमा सम्झौता विपरित बनाइएका संरचना हटाउन बालेनले अब सिधै डोजर चलाउनुपर्ने माग उठेको छ ।

थापाथलिस्थित नर्भिक अस्पतालले नेपाल सरकारसँग सम्झौता गरेर जग्गा लिएको भन्दै अहिले तत्काल अस्पतालको भवन

भत्काउन नसक्ने बताएको छ। मंगलबार एक पत्रकार सम्मेलन जारी गर्दै नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले आफूहरुले २९ वर्षअघि सरकारसँग सम्झौता गरेर जग्गा भाडामा लिएको दाबी गरे।

‘आजसम्म कुनै कम्प्लेन छैन्। एकाएक आजभन्दा ८/१० दिनअघि बागमती प्रदेशको पर्यटनमन्त्री आएर हटाउनपर्छ भन्नुभएछ,’ मिश्रले भने, ‘त्यसपछि मैले कन्ट्याक्ट गर्दा उहाँ आउनुभएन्।’ source: praharnews

प्रकाशित मिति २०७९ साउन २५ गते बुधबार १०:३१
प्रतिक्रियाहरु