विद्युत् प्राधिकरणको नाफा एक वर्षमै १६४% बढ्यो, चुहावट झऱ्यो

विद्युत् प्राधिकरणको नाफा एक वर्षमै १६४% बढ्यो, चुहावट झऱ्यो

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन २५ गते बुधबार ०७:१६

काठमाडौँ नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ मा १६ अर्ब ९ करोड खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा यो नाफा १६४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष प्राधिकरणले ६ अर्ब १० करोड खुद नाफा कमाएको...

काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ मा १६ अर्ब ९ करोड खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा यो नाफा १६४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष प्राधिकरणले ६ अर्ब १० करोड खुद नाफा कमाएको थियो ।

आर्थिक वर्ष २०७८/७९को अपरिस्कृत वित्तीय विवरण अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । योसँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी गर्न प्राधिकरण सफल भएको छ । दाेस्राेमा नेपाल टेलिकम छ ।

ऊर्जा खपत २७ प्रतिशत वृद्धि हुँदा बिक्री आम्दानी बढेको र निर्यात भएको बिजुलीले पनि थप सघाउ पुगेको प्राधिकरणले जनाएको छ । ‘प्राधिकरणका स्वामित्वका

विद्युत् गृहरुबाट विद्युत् उत्पादन करिब १६ प्रतिशतले वृद्धि गर्न सफल भयौं, चुहावट घट्यो, प्रभावकारी रुपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा प्राधिकरणको खुद नाफा बढेको हो’, कार्यकारी निर्देशक घिसिङले भने ।

आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ ।

०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव ०७६/७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुऱ्याएको थियो । तर आर्थिक वर्ष २०७७/७८ मा घटेर ६ अर्ब १० करोड रुपैयाँमा झरेको थियो ।Source-kantipurdaily

प्रकाशित मिति २०७९ साउन २५ गते बुधबार ०७:१६
प्रतिक्रियाहरु