कांग्रेसले सय सिट नछोडे पछि मिल्न सकेन गठबन्धनको सिट बाडफाड

कांग्रेसले सय सिट नछोडे पछि मिल्न सकेन गठबन्धनको सिट बाडफाड

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन २६ गते बिहिबार ११:५०

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले गठबन्धनमा सय सिटमा दाबी गरेको छ । गठबन्धनको कार्यदलको बैठक आज पनि बोलाइएको छ । माओवादी नेता देव गुरुङका अनुसार दिउसोतिर बैठक बस्ने छ । त्यहाँ सबै दलले आआफ्ना दाबी प्रस्तुत...

काठमाडौं ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले गठबन्धनमा सय सिटमा दाबी गरेको छ । गठबन्धनको कार्यदलको बैठक आज पनि बोलाइएको छ । माओवादी नेता देव गुरुङका अनुसार दिउसोतिर बैठक बस्ने छ ।

त्यहाँ सबै दलले आआफ्ना दाबी प्रस्तुत गर्नेछन् । उनका अनुसार अहिलेसम्म कुन दलले कति सिट लिने भन्ने विषयमा छलफल प्रवेश भएको छैन ।

तर कांग्रेसका एक पदाधिकारीले दिएको जानकारीअनुसार सय सिटमा कांग्रेसको दाबी छ । “हाम्रो दाबी सय सिटमा हो,” उनले भने, “सय सिट बटमलाइन हो तर हामी ९० भन्दा तल गएर सम्झौता गर्दैनौँ ।”

सरकारले आउँदो मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेलगत्तै गठबन्धनभित्र चुनावी तालमेल गर्ने लिखित सहमतिअनुसार अहिले गठबन्धनको कार्यदलले आन्तरिक गृहकार्य गरेको हो ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल बनेको छ । कार्यदलमा गठबन्धनमा आबद्ध सबै दलहरूबाट प्रतिनिधित्व छ ।

उक्त कार्यदलको पहिलो बैठक गएको सोमबार बसेको थियो । सिट बाँडफाँडको ‘मोडालिटी’ बनाउनुपूर्व सबै पार्टीले आ–आफ्नो दलभित्र छलफल गर्ने र पुनः कार्यदलको बैठक बस्ने निर्णय भएको थियो ।

कार्यदल सदस्य तथा एकीकृत समाजवादीका नेता प्रवेश हमालका अनुसार पार्टीभित्र छलफल गरेपछि आ–आफ्ना मोडालिटी कार्यदलको बैठकमा प्रस्तुत गरिनेछ ।

प्रकाशित मिति २०७९ साउन २६ गते बिहिबार ११:५०
प्रतिक्रियाहरु