मेयर हर्क साम्पाङको सिंहदरबारमा इन्ट्री भएपछि…गयो नेताहरु को सात्तो

मेयर हर्क साम्पाङको सिंहदरबारमा इन्ट्री भएपछि…गयो नेताहरु को सात्तो

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन २९ गते आईतबार ०६:२७

काठमाडौं । धरान उपमहानगरपालिकाका जनप्रिय मेयर हर्क साम्पाङ संघीय राजधानी काठमाडौंमा झरेका छन् । धरानको विकासको एजेण्डा लिएर काठमाडौँ आफू आइपुगेको उनले बताएका हुन् । उनी आज बिहान काठमाडौँ आइपुगेका हुन् । केहि समय अघि धरानमै पुगेर...

काठमाडौं । धरान उपमहानगरपालिकाका जनप्रिय मेयर हर्क साम्पाङ संघीय राजधानी काठमाडौंमा झरेका छन् । धरानको विकासको एजेण्डा लिएर काठमाडौँ आफू आइपुगेको उनले बताएका हुन् ।

उनी आज बिहान काठमाडौँ आइपुगेका हुन् । केहि समय अघि धरानमै पुगेर शहरी विकासमन्त्री मेटमणी चौधरीले काठमाडौँ आउँनका लागी साम्पाङलाई निमन्त्रणा दिएका थिए । स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर भारी मतले निर्वाचित भए पछि उनी पहिलो पटक काठमाडौँ आएका हुन् ।

आफु सुरक्षित रुपमा काठमाडौं आइपुगेको जानकारी दिँदै काठमाडौँमा छोटो बसाइ मात्रै रहने जानकारी साम्पाङले दिएका छन् उनले धरानको विकासका लागी विभिन्न एजेण्डा लिएर काठमाडौँ आइपुगेको बताएका छन् । उनले सिंहदरबार गएर विभिन्न मन्त्रालयमा भेटघाट गर्ने बताइएको छ ।

साम्पाङ काठमाडौँमा कति समय रहन्छ र को को सँग भेट गर्नेछन् भन्ने विस्तृत विवरण सार्वजनिक भएको छैन । विभागिय मन्त्रालय पनि भएको र मेटमणी चौधरीकै निमन्त्रणामा आएका कारण उनले शहरी विकास मन्त्री मेटमणी चौधरीलाई भेट्ने पक्कापक्कीनै छ । अरु को कसलाई भेट्ने छन् भन्ने केहि खुलाइएको छैन ।

साम्पाङले स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर बिजयी भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग भेट गर्छन् की गर्दैनन् भन्ने विषयलाई निकै चासोका साथ हेरिएको छ । हर्क र बालेन दुवैले लोरो चिन्ह लिएरै चुनाव जितेका थिए । हर्क र बालेनको भेटलाई निकै रुचि र चासोका साथ हेरिएको छ ।

स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर भारी मतले निर्वाचित भएका हर्क साम्पाङ र पत्रकारिता छोडेर पुर्णकालिन राजनितिमा होमिएका रवि लामिछानेको चर्चा अहिले देशैभरी चुलिएको छ ।

हर्क साम्पाङले स्थानिय तहको निर्वाचनमा दुनियाँलाई चकित बनाएर गठबन्धन देखी अरु राजनितिक दलहरुलाई समेत पराजित गरेर इतिहास रचेका थिए । त्यसयता पनि साम्पाङको कामले चौतर्फी रुपमा चर्चा चुलिएको छ । यता संचार क्षेत्रमा जमिरहेका बेला राजनितीमा होमिएका रवि लामिछानेको पनि चर्चा देशैभरी चुलिएको छ उनी संगठन विस्तारका लागी देश दोडाहमा रहेका छन् ।

हर्क साम्पाङले जसरी काम गरिरहेका छन् त्यसले देशव्यापी चर्चा सेलाएको छैन काम गराइएको आफ्नै शैली र जनसहभागीतालाई प्राथमिता दिएर काम गरिरहेका साम्पाङका कारण अन्य ठाँउमा निर्वाचित भएका जनप्रतिनिधीहरुनै छाँयामा पर्ने अवस्था आएको छ भने रवि लामिछानेको पार्टीमा पनि ठूलो आकर्षण देखिएको छ ।

रवि लामिछानेले देशव्यापी संगठन विस्तारका कार्यक्रमलाई आक्रामक बनाउँदै लगेको छन् । रवि जता पुग्छन् त्यतै समर्थको ठूलो भिड देखिन थालेको छ। रवि लामिछानेले खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीमा अभूतपुर्व समर्थन देखिएको छ । यसबाट रवि लामिछाने निकै हौसिएका छन् ।

पुराना राजनितीक पार्टीहरु प्रति जनताका विचमा देखिएको बिकर्षणको परिणाम स्थानिय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा बालेन शाह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङहरुको जितले देखिएको थियो अब प्रतिनिधीसभाको निर्वाचनमा त्यो स्पेस रवि लामिछाने नेतृत्वको पार्टीले लिन सक्ला त भन्ने चर्चा पनि चल्न थालेको छ ।

यसै विच चर्चामा रहेका दुई पात्र हर्क साम्पाङ र रवि लामिछानेका विचमा कुरा मिलेको छ । रवि र हर्कको विचमा कुरा मिले पछि उनीहरुका देशैभरीका समर्थकहरुमा खुशियाली देखिएको छ । रविले राजनितीक पार्टी खोलेको छन् हर्क स्वतन्त्र छन् तर उनीहरुको कुरा मिलेको छ । यसले उनीहरुका समर्थकमा उत्साह संचार गराएको छ ।

धरानका मेयर हर्कले रवि लामिछानेको मुक्त कण्ठले प्रशंसा गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले पनि हर्कको उसै गरि प्रशंसा गरेका छन् । साम्पाङले रवि लामिछानेमा राजिनितीक संस्कार देखिएको भन्दै खुलेरै तारिफ गरेका छन् । उनले आफ्नो सामाजिक संजालमा स्टाटस लेखेर पनि रविको तारिफ गरेका छन् भने विभिन्न संचार माध्यममा अन्तवार्ता दिएर पनी सो कुरा उल्लेख गरेका छन् ।

साम्पाङले रवि लामिछानेमा राजनितिक संस्कार देखिएको र आफुलाई त्यो पक्ष मन परेको बताएका छन् । अन्य केहि पार्टीहरुले साम्पाङको विरोध गरिरहेका बेला रवि लामिछाने उनलाई भेट्न धरानमै पुगेका थिए । अरु उदेश्य के छ थाहा छैन तर रवि लामिछानेको साधारणपन र जीवनशैली देखी राजनितीक संस्कार सम्म मलाई मन परेको छ । साम्पाङले भनेका छन् ।

यता रवि लामिछानेले पनि हर्कको तारिफ गर्न कुनै कन्जुस्याँइ गरेका छैनन् । अरु नेता प्रति गरम अभिव्यक्ति दिने गरेका लामिछानेले साम्पाङको भने निकै तारिफ गर्ने गरेका छन् । आफ्नो पार्टीमा पनि बालेन , हर्क जस्तो मान्छेको खाँचो भएको बताउँने गरेका रविले धरानमै गएर पनि साम्पाङसँग भेट गरेका थिए भने अन्य ठाउँमा हुँदा पनि निरन्तर रुपमा तारिफ गरिरहेकै छन् ।

पुराना राजनितिक दलका नेताहरुलाई खोइरो खन्ने गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले आफु कसैसँग राजिनिती सिक्न तयार रहेको भए हर्क साम्पाङसँग तयार रहेको पनि भनेका छन् । अबको राजिनिती हर्क साम्पाङले गरे जस्तो राजनिती जरुरी रहेको भन्दै उनले आफ्नो बाटो पनि हर्ककै जस्तो हुने बताएका छन् ।

हर्क र रविको ट्यूनिङ अहिले मिलेको जस्तो सँधैभरी मिलोस् भन्ने उनीहरुको समर्थक र शुभचिन्तकहरुको चाहना देखिन्छ । भोलीका दिनमा उनीहरुको सम्बन्ध र राजनिती कसरी अघि बढ्छ हेर्न बाँकी छ तर कतिपयले भने कुनै दिन रवि लामिछाने र हर्क साम्पाङ भविश्यमा एउटै पार्टीमा हुन सक्ने सम्मको लख काट्न थालेका छन् ।Source-galaxykhabar

प्रकाशित मिति २०७९ साउन २९ गते आईतबार ०६:२७
प्रतिक्रियाहरु