काठमाडौं, माघ १९ -: प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत ‘नेकपा प्रचण्ड–माधव समूहसम्वद्ध विद्यार्थीहरुले सोमबार नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्’।
आकस्मिक रुपमा केही सानो संख्यामा रहेका उनिहरुले प्रर्दशन गर्दै सडक अवरुद्ध गर्न थालेपछि प्रहरीले उनिहरुलाई सडकको पेटीमा प्रर्दशन गर्न भनेको थियो’ । तर, विद्यार्थीहरुले प्रहरी माथी नै जाइलाग्दै ड्युटीमा रहेका प्रहरीको बर्दी समाउन पुगेका थिए’ ।
प्रहरीले पटक पटक आग्रह गरेपनि उनिहरुले बर्दी समात्न नछाडेपछि प्रहरीले त्यसलाई छुटाउन केही बल प्रयोग गरेको थियो ‘। तर, विडम्बना प्रचण्ड–नेपाल समुहका नेताहरुले भने आन्दोलनकारीलाई दमन गरेको भन्दै उल्टै विज्ञप्ती निकालेका छन्’ ।
प्रकाशित मिति २०७७ माघ १९ गते सोमबार ०८:०१