काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमडौँको फोहोर बन्चरेडाँडामा लैजान अवरोध गर्ने सत्तारुढ दलकै कार्यकर्ता भएको किटानी गरेका छन् ।
फोहोर फाल्नका लागी भइरहेको अवरोधबारे बालेनले को कसले असहयोग गरिरहेका...
काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमडौँको फोहोर बन्चरेडाँडामा लैजान अवरोध गर्ने सत्तारुढ दलकै कार्यकर्ता भएको किटानी गरेका छन् ।
फोहोर फाल्नका लागी भइरहेको अवरोधबारे बालेनले को कसले असहयोग गरिरहेका छन् भन्ने प्रष्ट पार्दैै काग्रेस , माओवादी केन्द्र नेकपा एस लगायतका सत्तारुढ दलहरुकै कार्यकर्ताले अवरोध गरेको बताएका छन्।
बालेनले फोहोरलाई देखाएर कसरी अरु फाहोरी खेल चलिरहेको छ भन्ने बारेमा पनि विस्तृत खुलासा गरेका छन् । भएको यथार्थ समस्या भन्दा अर्को कृतिम समस्या खडा गरेर काठमाडौँ महागरपालिकाबाट अनुचित लाभ लिन खोजिएको पनि उनले भनेका छन् ।
महानगरबाट त्यस्तो लाभ उठाउँन सकिएला भन्ने भ्रममा नपर्ने बालेनले चेतावनी पनि दिएका छन् । दलका कार्यकर्ताले लुकिलुकि गुलेली हानेर फोहर लैजान अवरोध गरेको भन्दै उनले अवरोधका विच पनि प्रहरी परिचालन गरेर फोहर लगिएको बताएका छन् ।
मेयर बालेन शाहले आफ्नो सामाजिक संजालमा लेखेको स्टाटस यस्तो छ
फोहोर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको देखियो ।
यद्यपि २०० भन्दा बढि प्रहरीहरुको परिचालनबाट फोहोरका गाडीहरु बञ्चरे लगियो । तर केहि समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरियो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजान सकियो ।
केहिदिन र केहि समयबाट देखिरहेको समस्या सतही मात्रै हो । यसका गहिरा र अलग्गै कारणहरु छन् । नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढि लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ ?२०० भन्दा बढि प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ?
यहाँ केहि कमजोरी, केहि गल्ति भएकै छ । सिसडोलमा गरिएको लापरवाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन ।
तर हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहोर्याएर अपराध गर्ने छैनौँ । यसका लागि केहि समय भने पक्कै लाग्छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगीताका लागि महानगर संवेदनशील छ । हामी आफुले गरेका सहमतिहरुको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यहि किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ ।
पुनस् भन्न चाहन्छौँ, व्यवस्थापन हाम्रो स्वार्थहरुको गर्नु पर्ने होइन, फोहोरको हो । आफ्ना कुत्सित स्वार्थहरुको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो । त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन । सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ ।Source-sagarmathadaily
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७