प्रचण्ड र मेयर हर्क साम्पाङबीच भेटवार्ता, के–के भयो कुराकानी ? भिडियो सहित

प्रचण्ड र मेयर हर्क साम्पाङबीच भेटवार्ता, के–के भयो कुराकानी ? भिडियो सहित

छाँयापाटी

@छाँयापाटी

२०७९ साउन ३१ गते मङ्गलबार ०६:३९

काठमाडौं– धरानका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । धरानको खानेपानी समस्या समाधानका लागि संघीय सरकारसँग छलफल गर्न काठमाडौं आएका मेयर साम्पाङले मंगलवार माओवादी...

काठमाडौं– धरानका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

धरानको खानेपानी समस्या समाधानका लागि संघीय सरकारसँग छलफल गर्न काठमाडौं आएका मेयर साम्पाङले मंगलवार माओवादी अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटारमा भेट गरेका हुन् ।

मेयर साम्पाङ र प्रचण्डबीच धरानका उपमेयर आईन्द्रविक्रम बेघाको संयोजनमा भेट भएको बताइएको छ ।

बेघा नेकपा माओवादी केन्द्रबाट उपमेयरमा निर्वाचित भएका थिए । भेटमा समसामयिक राजनीतिका साथै विकासका विभिन्न पक्षका बारेमा कुराकानी भएको बताइएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र धरानका मेयर हर्क साम्पाङबीच मंगलवार भेटवार्ता भएको छ । मन्त्री शर्मा र मेयर साम्पाङबीच मंगलवार अर्थमन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटमा अर्थमन्त्री शर्माले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्ध रहेको बताएका थिए । प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले सहयोग गर्ने मन्त्री शर्माले आश्वासन दिएका थिए ।

भेटमा मन्त्री शर्माले मेयर साम्पाङ र उनको टीमले धरानका जनताको खानेपानी समस्या समाधान गर्न गरेको जनपरिचालनको उच्च प्रशंसा गरेका थिए । ‘तपाईंले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निक्कै उदाहरणीय छ’, उनले भने ।

भेटमा मेयर साम्पाङले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताएका थिए । उनले भने, ‘तपाईंहरू हाम्रो अभिभावक हो जनताको यो समस्या समाधान गर्न आवश्यक सहयोग गरिदिनु होला ।’ भेटमा धरान महानगरपालिकाका उपमेयर अईन्द्रविक्रम बेघा पनि सहभागी थिए ।

प्रकाशित मिति २०७९ साउन ३१ गते मङ्गलबार ०६:३९
प्रतिक्रियाहरु