माओवादीका चर्चित नेताले नै भनेः वामदेवको हार निश्चित

माओवादीका चर्चित नेताले नै भनेः वामदेवको हार निश्चित

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ १ गते बुधबार ०२:३३

काठमाडौं । नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हसिया हतौडाबाट चुनाव लड्ने घोषणा गरेका नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमलाई आपत आउने संकेत देखिएको छ । जुन पार्टीको चुनाव चिह्न लिएर चुनावी मैदानमा ओर्लिने तयारी...

काठमाडौं । नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हसिया हतौडाबाट चुनाव लड्ने घोषणा गरेका नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमलाई आपत आउने संकेत देखिएको छ ।

जुन पार्टीको चुनाव चिह्न लिएर चुनावी मैदानमा ओर्लिने तयारी गर्दैछन् त्यही पार्टीका चर्चित युवा नेताहरुले दिन थालेका अभिव्यक्तीले वामदेवलाई चिन्तित बनाउने देखिएको हो ।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज दुलाल शरदले नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमलाई जनताले अनुमोदन नगर्ने ठोकुवा नै गरेका छन् । संयोजक गौतम माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडाबाट लड्ने सहमति भएपछि असन्तुष्टि जनाएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘भन्दा देख्नेलाई लाज। हामी कोही राजनीतिकर्मी लाजहराम भयौं भन्दैमा राजनीतिनै लाजहराम त हुदैन नी।

राष्ट्रिय सभा सदस्य राजीनामा दिएर चुनाव उठ्ने कुरा देशको आवश्यकता होइन। गोलाकारभित्रको हँसिया हथौडा चिन्हमा उठे पनि हुदैन, अरु कुनैमा उठे पनि मतदाताले अनुमोदन गर्दैनन् । चेतना भया।

राष्ट्रिय सभा सदस्य राजीनामा दिएर चुनाव उठ्ने कुरा देशको आवश्यकता नभएको उनको बुझाइ छ। २०७४ को निर्वाचनमा गौतम बर्दियाबाट पराजित भएका थिए। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आसन्न चुनावमा प्युठानबाट प्रतिस्पर्धा गर्ने चाहना व्यक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी प्रतिनिधिसभाको चुनाव लड्न सहमत भएका गौतमले निर्वाचन क्षेत्र पनि परिवर्तन गर्ने भएका हुन् ।

२०७४ मा बर्दिया–१ बाट चुनाव लडेका गौतम यसपटक प्यूठान फर्किन लागेका हुन् । निकट स्रोतका अनुसार सत्ता गठबन्धनले भागबन्डाको टुंगो लगाए पनि आफूलाई प्युठान सजिलो हुने गौतमको भनाइ छ ।

 

प्रकाशित मिति २०७९ भदौ १ गते बुधबार ०२:३३
प्रतिक्रियाहरु