काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक जस्ताको त्यस्तै पेश हुँदैछ ।
आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसदमा फिर्ता पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ जस्ताको त्यस्तै पारित गर्ने तयारी गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर निर्णयार्थ प्रस्तुत गर्ने संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
संसदले पठाएको विधेयक राष्ट्रपतिले १५ बुँदे सुझावसहित पुनर्विचारका लागि फिर्ता पठाउनु भएको थियो ।
राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गर्ने निर्णय सत्ता गठबन्धनले यसअघि नै गरिसकेको छ ।
संसद्ले उक्त विधेयक जस्ताको त्यस्तै प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउन सक्ने संवैधानिक प्रावधान छ ।
सत्ता गठबन्धनमा आबद्ध दलबीच विधेयक पुनर्विचारका लागि पठाए पनि जस्ताको तस्तै अघि बढाउने सहमति भएको थियो । बैठक बिहान ११ बजे बस्दै छ । राष्ट्रपति भण्डारीले २९ साउनमा सन्देशसहितको विधेयक प्रतिनिधि सभामा फिर्ता गरेकी थिइन् ।Source-sarmathadaily
प्रकाशित मिति २०७९ भदौ २ गते बिहिबार ०८:३०