झापामा १५ सय राप्रपा र कांग्रेस कार्यकर्ताद्वारा पार्टी परित्याग गरी एमाले प्रवेश

झापामा १५ सय राप्रपा र कांग्रेस कार्यकर्ताद्वारा पार्टी परित्याग गरी एमाले प्रवेश

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ २ गते बिहिबार ०४:२०

बनियानी  झापाको कचनकवल मा राप्रपा र नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि १५ सय भन्दा बढी एमाले प्रवेश गरेका छन् । यो प्रबेशसगै राप्रपालाई ठूलो क्षती पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभयो...

बनियानी  झापाको कचनकवल मा राप्रपा र नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि १५ सय भन्दा बढी एमाले प्रवेश गरेका छन् । यो प्रबेशसगै राप्रपालाई ठूलो क्षती पुगेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभयो । राप्रपाका नेता शेर आलमसहितका नेता कार्यकर्ता एमाले प्रबेश गरेका हुन् । उहाँ कचनकवल गाउँपालिकाका पूर्व अध्यक्ष अन्जार आलमका भाइ हुन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा आइपुग्नु भएको छ । अध्यक्ष ओली तीन दिने बसाईसहित आज झापा आउनु भएको हो ।
अध्यक्ष ओलीलाई चन्द्रगढी बिमानस्थलमा एमाले नेता कार्यकर्ताहरुले भब्य स्वागत गर्नुभयो । तीन साता अघि चार दिन बसेर फर्कनु भएका अध्यक्ष ओली फेरि तीन दिन बस्ने गरी झापा आउनु भएको हो ।

यस पटक अध्यक्ष ओलीको कार्यक्रम नेपाल कै होचो भूमी केचना देखि गौरादह र विर्तामोड देखि इलामको चुलाचुलीसम्म राखिएको छ ।

आज साँझ पाँच बजे आफ्नो निर्वाचन क्षेत्र दमकमा मैथीली समाज र मुस्लिम समाजका अगुवा कार्यकर्ताहरुसँग भेट्ने कार्यक्रम रहेको छ । उक्त भेटघाट पशुपति मन्दिरको हलमा हुनेछ ।

भोली भदौ ३ गते विहान ११.३० बजे इलामको चुलाचुलीमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले अन्य पार्टी परित्याग गरी ठूलो संख्यामा कार्यकर्ताहरुलाई एमाले प्रवेश गराउने कार्यक्रम छ ।Source-sagarmathadaily

प्रकाशित मिति २०७९ भदौ २ गते बिहिबार ०४:२०
प्रतिक्रियाहरु