काठमाण्डौँ । राष्ट्रपती विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विद्ययेकलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले हुबहु पास गराए पछि जनआक्रोस चुलिएको छ ।
पुनर्विचारका लागी पठाइएको विद्ययेक जस्ताको तस्तै पास गरे पछि विभिन्न राजनितिक दल , नागरिक समाज लगायतका व्यक्तिहरुले खरो प्रतिक्रिया दिइरहेका छन्।
गठबन्धन सरकारले नागरिकता विद्ययेक फेरी हुबुह पास गराए पछि नेकपा मालेका महासचिव सिपी मैनालीले कठोर प्रतिक्रिया दिएका छन् ।
विद्ययेक पास गराउँन महत्पुर्ण भूमिका खेल्ने नेपाली काग्रेसका सभापती शेरबबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई मैनालीले मुख भरिको जवाफ दिएका छन् ।
एक अनलाईन ओटिभी नेपालसँगकोे विशेष कुराकानीमा माले महासचिव मैनालीले विवादास्पद नागरिकता विद्ययेक पारित गराउँनेहरुलाई दलाल भनेका छन् ।
मैनालीले सबै नेपालीले सुन्ने गरि भन्छु यिनीहरु दलाललै हुन् भनेका छन् । द अनी ललाई आकार ला अनी ल दलाल हो यीनीहरु दलाललनै हुन् मैनालीले भनेका छन् ।
देउवा प्रचण्डले पुर्ण रुपमा इण्डिायाको दलाली गरेर यस्तो खालको नागरिकता विद्ययेक ल्याएको जिकिर पनि गरेका छन् । राष्ट्रपतीले पुनर्विचार गर्नु भनेर पठाएको विद्ययेकलाई तुरुन्तै जस्ताको तस्तै पास गर्ने भने पछि यिनीहरु कती सम्मका पक्का दलाल रहेछन भनेर पनि उनले प्रश्न गरेका छन् ।
देउवा प्रचण्ड इण्डियाका कति सम्मका पक्का र निर्लज्ज दलाल रहेछन् भन्ने नागरिकता विद्ययेकमा उनीहरुले देखाएको चरित्रले स्पष्ट भएको मैनालीले भनेका छन् । यिनीहरुलाई नेपाली जनताले चिनेर उपचार गुर्न पर्ने पनि उनले भनेका छन् ।
राष्ट्रपतीले विद्ययेक पुनर्विचार गर्नु भनेर फिर्ता पठाउँनु विल्कुलै जायज कुरा भएको भन्दै मैनालीले राष्ट्र प्रमुखले उठान गरेका गम्भिर विषयहरुलाई कुनै महत्व नदिएर परमादेशी गठबन्धनले राष्ट्र प्रमुखकै पनि अपमान गरेको भन्दै यो उनीहरुका लागी यो कदम धेरै ठूलो महंगो पर्ने चेतावनी पनि दिएका छन् ।
माले महासचिव मैनालीले नागरिकता विद्ययेकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले देखाएको रवैयाको खुलेर विरोध गरेका छन् ।
प्रचण्ड को बाट संचालित छन् भन्ने प्रष्ट हुने यो भन्दा ठूलो उदाहरण अरु नभएको भन्दै उनले इण्डिायाले जे भन्यो त्यहि मान्ने प्रचण्डको उहिले देखीकै चरित्र रहेको बताएका छन् ।
मैनालीले यस्तै कामका लागीनै इण्डियाको फन्डीङमा नेपालमा माओवादी जन युद्ध गराइएको दाबी गरे । नाम मात्रै माओवादी प्रचण्डको काम सबै खाओवादी भएको आरोप पनि उनले लगाएका छन् । नागरिकता लगायततका यस्तै काम लिनका लागी इण्डियाले प्रचण्डलाई ज्वाँइ जसरी पालेर जनयुद्ध गराएको आरोप उनले लगाए ।Source-sagarmathadaily
प्रकाशित मिति २०७९ भदौ ३ गते शुक्रबार १०:०७