संयुक्त राष्ट्र संघका आवासीय संयोजक रिचार्ज होबर्ड, संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, अस्ट्रेलिया, स्विस तथा युरोपेली युनियनका राजदूतहरुकोसंयुक्त प्रतिनिधि प्रतिनिधिमण्डलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलदाहाल प्रचण्डलाई...
संयुक्त राष्ट्र संघका आवासीय संयोजक रिचार्ज होबर्ड, संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, अस्ट्रेलिया, स्विस तथा युरोपेली युनियनका राजदूतहरुकोसंयुक्त प्रतिनिधि प्रतिनिधिमण्डलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलदाहाल प्रचण्डलाई भेटेका छन् ।
भेटमा उनीहरुले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकोमा आफूहरुको सकारात्मक सहयोग र सद्भावरहने बताएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
नेपालको शान्तिप्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेकोपनि उनीहरुले बताएको मल्लले उल्लेख गरे । भेटको क्रममा राजदूतहरुले गम्भीरमानव अधिकार उलंघनको घटना र पीडितहरुको पुनरावेदनको अधिकारबारेचासो राखेका थिए ।
अध्यक्ष कमरेड प्रचण्डले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गर्दैशान्ति प्रक्रिया टुंगोमा पुग्दै गर्दा उहाँहरुले देखाएको सामुहिक सुभेच्छा र चासोका लागि धन्यवाद व्यक्त गरेको मल्लले बताए ।
विस्तृत शान्ति सम्झौता र संक्रमणकालिन न्यायका संवेदनशीलताप्रति राजनीतिक तहमा गम्भीर छलफल भएको, सर्वोच्च अदालतकोआदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुंगोमा पुर्याउन सफल हुने विश्वास व्यक्त गरे ।source-anpurnatimes
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७