काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।
सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ः ३६ मा निधन भएको अस्पतालका एक अधिकारीले बताए ।
काँग्रेसका नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए।
घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । डा।पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको थियो ।
चिन्तक, साहित्यकार, दार्शनिक समकालिन राजनीतिका सर्वप्रिय नेता प्रदीप गिरीको स्वर्गारोहणको खबरले नेपाली राजनीतिक क्षेत्र स्तब्ध बनेको छ । यसैबीच, स्व. गिरीप्रति श्रद्धाञ्जली व्यक्त भइरहेको छ ।
यसैबीच, नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्य नैनसिंह महरले श्रद्धाञ्जली व्यक्त गर्दै भावुक स्टाटस लेखेका छन् ।
गिरीको निधनको खबरले स्तब्ध तुल्याएको उल्लेख गर्दै महरले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस पोस्ट गरेका छन् ।
उनले आफू नेविसंघको अध्यक्ष भएको वेला बिपी संग्रालय सुन्दरीजलमा आयोजना गरेको कार्यक्रममा देशैभरि बैचारिक कार्यक्रम आयोजना गर म प्रवचन दिन्छु भनेर गिरीले गरेको बाचा स्मरण गर्दै महर भावव्हील भएका छन् ।
‘अलविदा प्रदिप गिरी दाई १सरलता र बौद्धिकताको राजनीतिका सिंगै सगरमाथा ,सामाजवादी चिन्तक तथा नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व, महर लेख्छन्, नेपाली काँग्रेसका नेता ७५ वर्षिय प्रदीप गिरिको उपचारको क्रममा मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको अस्पतालका लियाजन अफिसर पुस्कर केसीजी संगको सम्वाद बाट जानकारी पाउँदा स्तब्ध भएको छु ।
म नेविसंघको अध्यक्ष भएको वेला बिपी संग्रालय सुन्दरीजलमा आयोजना गरेको कार्यक्रममा तिमीहरु देशै भरि बैचारिक कार्यक्रम आयोजना गर म प्रवचन दिन्छु भनेर तपाईले गरेको बाचा बिरामी बाट मुक्ति पाए पछि पुरा हुने आसै आसमा अधुरो रह्यो प्रदिप दाई । MISS YOU GREAT MAN.’
प्रकाशित मिति २०७९ भदौ ४ गते शनिवार ११:५३