काठमाडौं :
काठमाडौं महानगरपालिका नगर प्रहरी बलको प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले पाएका छन्।
आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रहरी उपरीक्षक धनपति सापकोटालाई हटाएर नगर प्रहरी प्रमुखको...
काठमाडौं :
काठमाडौं महानगरपालिका नगर प्रहरी बलको प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले पाएका छन्।
आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रहरी उपरीक्षक धनपति सापकोटालाई हटाएर नगर प्रहरी प्रमुखको जिम्मेवारी पाण्डेलाई दिएका हुन्। सापकोटाले सडक व्यापारीसँग पैसा असुलेको जनगुनासो बेलाबखत आइरहन्थ्यो।
बिहीबारको निर्णयअनुसार पाण्डेले आइतबार पदबहाली गरे। पदबहाली लगत्तै उनले सहरी सुव्यवस्थापनका लागि नगर प्रहरीहरुलाई ब्रिफिङ गरेका थिए।
पाण्डे २०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गरेको महानगरले जनाएको छ। उनको २०७७ सालमा नगर प्रहरी नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएको थियो ।
२०७७ फागुन ४ गते बसेको विशेष नगर सभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन —२०७७’ को व्यवस्थाबाट समायोजन हुने क्रममा उनको पदोन्नति भएको हो ।
त्यस ऐनबाट महानगरमा कार्यरत १५ सय ५० कर्मचारीहरुको १ तह माथिको पदमा समायोजन भएको थियो। Source-anpurnapost
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७