माधव नेपाल पनि हसिया हतौडाबाट चुनाव लड्ने

माधव नेपाल पनि हसिया हतौडाबाट चुनाव लड्ने

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ ६ गते सोमबार ०८:५६

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादीं)बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ । एकीकृत समाजवादीले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरेपछि माओवादी केन्द्रसँग पहिलो पटक वार्ता भएको थियो...

प्रचण्ड र माधवबीच लामो वार्ता, के–के भयो कुराकानी ?

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादीं)बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ ।

एकीकृत समाजवादीले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरेपछि माओवादी केन्द्रसँग पहिलो पटक वार्ता भएको थियो । प्रचण्डको एक नातेदारको हात्तिवनस्थित घरमा भएको भेटमा छिट्टै पार्टी एकता संयोजन समिति बनाउने समहति भएको एक नेताले जानकारी दिए ।

बैठकमा आगामी प्रदेश र प्रतिनिधि निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जान समेत दुवै दल सहमत भएका छन् । २०७४ मा वाम गठबन्धन गरेको एमाले र माओवादी केन्द्रले पनि एउटै चुनावी घोषणा पत्र बनाएका थिए ।

आउँदो चुनावी रणनीति, सिट बाँडफाँट, कांग्रेससँगको तालमेल, अरु दलसँगको गठबन्धनलगायत विषयमा कुराकानी भएको थियो ।

भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल पनि सहभागी थिए ।

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा ९एकीकृत समाजवादी० पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ।

सोमबार बिहान हात्तिवनस्थित एउटा घरमा उनीहरूबीच छलफल भएको हो। छलफलमा प्रचण्डसहित माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी थिए।

छलफल आगामी दिनमा हुनसक्ने पार्टी एकताका विषयमा केन्द्रीत थियो। बैठकमा संयोजन समिति र चुनावी घोषणापत्रका विषयमा छलफल भएको एक नेताले जानकारी दिए।

बैठकले बाबुराम भट्टराई र वामदेव गौतमको विषयमा पनि छलफल गरेको थियो। माओवादी केन्द्रले यसअघि नै बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्हबाट चुनाव लड्न अनुमति दिइसकेको छ।

यद्यपी उनीहरूले राखेका केही सर्तका विषयमा भने छलफल गर्न बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ। सत्तारूढ दलभित्र सिट बाँडफाँटको तयारी भइरहेको छ। यसैका लागि आज सत्तारूढ दलको बैठक बस्दैछ। बैठकमा हुनसक्ने सम्भावित एजेन्डाबारेसमेत छलफल भएको एक नेताले जानकारी दिए।

नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकताका लागि संयोजन समिति बनाउनेसमेत निर्णय भइसकेको थियो।

प्रचण्डको एक नातेदारको हात्तिवनस्थित घरमा भएको भेटमा छिट्टै पार्टी एकता संयोजन समिति बनाउने समहति भएको एक नेताले जानकारी दिए । बैठकमा आगामी प्रदेश र प्रतिनिधि निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जान समेत दुवै दल सहमत भएका छन् ।

२०७४ मा वाम गठबन्धन गरेको एमाले र माओवादी केन्द्रले पनि एउटै चुनावी घोषणा पत्र बनाएका थिए । आउँदो चुनावी रणनीति, सिट बाँडफाँट, कांग्रेससँगको तालमेल, अरु दलसँगको गठबन्धनलगायत विषयमा कुराकानी भएको थियो ।

बैठकले बाबुराम भट्टराई र वामदेव गौतमको विषयमा पनि छलफल गरेको थियो। माओवादी केन्द्रले यसअघि नै बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्हबाट चुनाव लड्न अनुमति दिइसकेको छ।Source-galaxykhabar

प्रकाशित मिति २०७९ भदौ ६ गते सोमबार ०८:५६
प्रतिक्रियाहरु