ओली भेट्न बालकोट पुगे कांग्रेस नेता रिजाल, के के भयो कुराकानी ?

ओली भेट्न बालकोट पुगे कांग्रेस नेता रिजाल, के के भयो कुराकानी ?

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ ७ गते मङ्गलबार ०८:१२

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता एवं सांसद डा. मीनेन्द्र रिजालबीच भेटवार्ता भएको छ।  कांग्रेस नेता रिजालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर भेट गरेका छन्। ओली प्रधानमन्त्री रहँदा कटु आलोचकको...

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता एवं सांसद डा. मीनेन्द्र रिजालबीच भेटवार्ता भएको छ।  कांग्रेस नेता रिजालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर भेट गरेका छन्।

ओली प्रधानमन्त्री रहँदा कटु आलोचकको छवि बनाएका रिजालले सोमबार उनैलाई भेटेर झन्डै सवा घन्टा भेटघाट गरेका हुन् । भेटमा उनीहरूबीच राजनीतिक विषयमा अन्तरंग कुराकानी भएको नेता रिजालले बताए ।

सत्ता गठबन्धनसँग सकारात्मक सम्बन्ध नरहेका प्रमुख विपक्षी नेता ओलीसँगको भेटका लागि नेता रिजालले नै अग्रसरता लिएका थिए। ‘हामीबीच खुला रूपमा सन्तोषजनक कुराकानी भयो, ‘म मेरो पार्टीको नेतृत्वलाई जानकारी दिनुपर्ने ठाउँमा यसबारे बताउनेछु तर सार्वजनिक रूपमा यसबारे केही बताउन उचित हुन्न’ रिजालले भने।

यतिबेला प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा समूहमा रिजाल छैनन्। पार्टी महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि उनले रक्षामन्त्रीबाट राजीनामा दिएका थिए।

पाँच वर्षअघि प्रतिनिधिसभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीचको गठबन्धनका कारण उत्पन्न असहज स्थितिमा पनि निर्वाचित सीमित कांग्रेस सांसदमध्ये रिजाल पनि हुन्।

उनीसहित केही सांसदले प्रतिनिधिसभामा प्रमुख विपक्षी दलका सदस्यको हैसियतमा ओली सरकारको खुलेर विरोध गरेका थिए। तर चुच्चे नक्सा जारी गर्ने पक्षमा भने समर्थन गरेका थिए। अ

घिल्लो निर्वाचन सहजै जिते पनि यसपटक उम्मेदवार बन्नसमेत रिजाललाई पार्टीभित्रै चुनौती छ। ओलीसँगको यो भेटलाई भने कांग्रेस वृत्तमै अर्थपूर्ण रूपमा लिइएको छ। source: annapurnatimes

प्रकाशित मिति २०७९ भदौ ७ गते मङ्गलबार ०८:१२
प्रतिक्रियाहरु