नेपाल बन्दको आंशिक असर देशनै भरि,कहाँ कहाँ के के भयो हेर्नुहोस विवरण

नेपाल बन्दको आंशिक असर देशनै भरि,कहाँ कहाँ के के भयो हेर्नुहोस विवरण

मुकेश कटुवाल

@छाँयापाटी

२०७९ भदौ ७ गते मङ्गलबार ०८:२१

प्रदेश १। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको आंशिक असर प्रदेश १ पनि परेको छ। बन्दका कारण झापा सुनसरी मोरङ्ग मा सार्वजनिक सवारीसाधान पातलो मात्र...

प्रदेश १।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको आंशिक असर प्रदेश १ पनि परेको छ।
बन्दका कारण झापा सुनसरी मोरङ्ग मा सार्वजनिक सवारीसाधान पातलो मात्र चलेका छन्। बिहानैदेखि खुल्ने पसल पनि कम मात्र खुलेका छन्।

Open photo

सरकाविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीले नेपाल बन्द को घोषणा गरेको थियो

Open photo

तर यो बन्द कारण प्रदेश १ को केही भाग मा भने कुनै असर परेको छैन उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बेल्टार कटारी रामपुर खोटाङ्ग भोजपुर मा भने बिहान देखि नै लामो तथा छोटो दूरीका सवारी साधन चलिरहेका छन र बजार पनि बिहान देखि नै खुलेका छन्

 

प्रकाशित मिति २०७९ भदौ ७ गते मङ्गलबार ०८:२१
प्रतिक्रियाहरु