काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली हुने बताएका छन् । आज काठमाडौंको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा पुगेका उनले जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली हुने बताएका हुन् ।

उनी आफैं फिल्डमा पुगेका उनले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने बताए ।‘अवैध संरचना जसले बनाएको भए पनि त्यो कानुनको दायरामा ल्याइने उनले बताए ।
बबरमहलमा अत्याधुनिक शैलीमा बनाइएको अदालतको अन्डरग्राउन्ड पार्किङको प्रयोगमा छैन । जसका कारण व्यस्त सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गरिरहेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ भने रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन मिति दिएर फर्किएको छ ।

प्रकाशित मिति २०७९ भदौ ८ गते बुधबार ०२:४२