पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सञ्चालन गरिरहेको अनधिकृत संरचना भत्काउने अभियानलाई समर्थन गरेका छन्।
https://www.youtube.com/watch?v=3BHN0-gNamE&t=151s
त्यसो त आफू प्रधानमन्त्री भएकाले...
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सञ्चालन गरिरहेको अनधिकृत संरचना भत्काउने अभियानलाई समर्थन गरेका छन्।
त्यसो त आफू प्रधानमन्त्री भएकाले डा. भट्टराईले पनि कुनै बेला काठमाडौंका सडक चौडा पार्ने अभियान सञ्चालन गरेका थिए।
अहिले मेयर शाहले नक्सा पास नभएका र अवैध रूपमा खडा गरिएका संरचना भत्काउने अभियान सञ्चालन गरिरहेका छन्। यसका लागि उनलाई स्याबासी दिँदै नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले यसलाई निरन्तरता दिन आग्रह गरेका छन्।
डा. भट्टराईले अल्फाबिटा कम्प्लेक्सका सञ्चालकलाई नक्सा देखाउँदै गरेको तस्बिरसहित ट्विटरमा लेखेका छन्, ‘वेल डन बालेन शाह, किप इट अप।’
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। एमालेले शुक्रबार र शनिबार केन्द्रीय कमिटी बैठक गर्न लागेको हो। शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरू हुनेछ।
केन्द्रीय कमिटीका लागि बिहीबार पोलिटव्यूरो बैठकले विभिन्न ११ वटा एजेन्डा पनि तय गरेको छ। आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको तयारी र आवश्यक रणनीतिबारे केन्द्रीय कमिटीमा छलफल हुनेछ। एमालेले सत्ता गठबन्धनसँग ‘एक्लै प्रतिस्पर्धा’ गर्ने तयारी गरेको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने र त्यसमाथि छलफल गर्ने तयारी पनि छ। यस्तै गत वैशाखमा भएको स्थानीय चुनावबारे पनि समीक्षा गर्ने तयारी छ।
पार्टी सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्ने र मनोनीत चार जना केन्द्रीय सदस्यलाई सपथ गराउने कार्यक्रम पनि तय भएको एमालेले जनाएको छ।
साथै केन्द्रीय कमिटीले आगामी चुनावका लागि उम्मेदवार छनौटका मापदण्ड पनि तय गर्ने तयारी गरेको छ। अध्यक्ष ओलीले यसपालि चुनावमा युवा र नयाँ व्यक्तिहरूलाई अवसर दिइनुपर्ने बताइरहेका छन्।
यस्तै सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण र समसामयिक प्रस्ताव रहेका छन् ।
यही भदौ ७ गते स्थायी र भदौ ९ गते पोलिटव्यूरो बैठक बसेको थियो । ती दुवै बैठकमा नेताहरूले पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि सुझाव दिएका थिए ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७