अन्तत: कुलमान घिसिङ माओवादीबाट प्रतिनिधिसभामा चुनाब लड्ने भएपछि गयो केपी ओलीको सात्तो

अन्तत: कुलमान घिसिङ माओवादीबाट प्रतिनिधिसभामा चुनाब लड्ने भएपछि गयो केपी ओलीको सात्तो

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ १५ गते बुधबार १२:३७

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई काठमाडौं क्षेत्र नम्बर ३ बाट आगामी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । शनिबार दिउँसो बानेश्वरको एक पार्टी प्यालेसमा...

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई काठमाडौं क्षेत्र नम्बर ३ बाट आगामी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।

शनिबार दिउँसो बानेश्वरको एक पार्टी प्यालेसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं महानगरप्रमुख बालेन्द्र शाहभन्दा अब्बल ब्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गरेका थिए ।

अध्यक्ष प्रचण्डले यसो भन्नुको मतलब काठमाडौं क्षेत्र ३ बाट कुलमान घिसिङलाई ल्याउन खोजिएको माओवादीका केन्द्रीय सदस्य बद्री बजगाईंले बताएका छन् । बजगाइका अनुसार काठमाडौ ३ नम्बर क्षेत्रबाट घिसिङलाई उम्मेदवार बनाउने तयारी भएको छ ।

उनले शनिबार माओवादीको उपत्यका विशेष प्रदेश कमिटी बैठकमा प्रचण्डले भनेका कुरा पनि उल्लेख गरेका छन् । शनिबार प्रचण्डले भनेका थिए– ‘हामी उम्मेदवार पनि नयाँ नयाँ मान्छे लिएर आउने सोच्दैछौँ, नयाँ मान्छे, तपाईंहरूले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो पनि ।

१ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिने

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न सहमति दिएको छ । आइतबार अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई त्यसबारे सहमति दिएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख २० हजार भन्दा धेरै म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रहरीले प्रस्ताव गरेको थियो । तर, अर्थले प्रहरीको प्रस्तावलाई कटौती गरेर अनुमति दिएको छ ।

यसअघि, वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । स्थानीय तह निर्वाचन सम्पन्न भएको ठिक ६ महिनापछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेको छ । source: muldharonline

प्रकाशित मिति २०७९ भदौ १५ गते बुधबार १२:३७
प्रतिक्रियाहरु