काठमाडौं । अवैध संरचनाहरु हटाउँदै हिँडेका काठमाडौं महागरपालिकाका मेयर बालेन शाह अहिले चर्चाको शिखरमा छन् । उनको कदमले नयाँ आशा जगाएको छ भने अनधिकृत संरचनाहरु बनाएकाहरुको मथिङ्गल हल्लिएको छ ।
बालेनको कदमपछि देशभर बालेनहरुको खोजी हुन थालेकोछ । बालेनकै कदमको सिको गर्दै देशभरका केही स्थानिय तहहरु एक्सनमा समेत उत्रिसकेका छन् । यसैबीच, शेर बहादुर देउवा सरकारका एक मन्त्री दोस्रो बालेन बनेर निस्किएका छन् ।
उनको कदमको अहिले खुलेर प्रशंसा भइरहेको छ । हनुमानढोका दरबार क्षेत्रमा राखिएका निर्माण सामग्री हटाउन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले निर्देशन दिएका छन् ।
मंगलबार सो क्षेत्रको स्थलगत अनुगमन गर्दै उनले दरबार क्षेत्रमा राखिएका ईंटा, जस्ताको छाप्रो र अन्य संरचना तत्काल हटाउन निर्देशन दिएका हुन् । यसले पर्यटकको आगमन र अवलोकनमा बाधा पुगेको उनले बताएका छन् ।
स्थलगत अनुगमनका क्रममा सरोकारवालासँग छलफल गरी छरपस्ट अवस्थामा रहेका सामग्री तत्काल हटाउन निर्देशन दिइएको हो । नजिकिंदै गरेको इन्द्रजात्रा र त्यस अवसरमा हुने जात्रालाई लक्षित गरी मन्त्री श्रेष्ठले स्थलगत अनुगमन गरेका हुन् ।
उनले दरबार क्षेत्रलाई व्यवस्थित र संरक्षणमा स्थानीय संघसंस्था तथा सम्बन्धित निकायले समन्वय र सहकार्य गर्नुपर्ने समेत उल्लेख गरेका छन् । उनले जात्रा सफल बनाउन समेत सबैसँग आह्वान समेत गरेका छन् ।
लेनको नायक शैलीले हच्कियो अदालत, दुई वर्षमा गर्न नसकेको काम १ दिनमै गरिदियो तमाम
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भारतीय अभिनेता अनिल कपुरको चलचित्र नायकको शैलीमा उत्रिएपछि अदालत समेत हच्किएको छ ।
बालेनको कदमपछि जिल्ला अदालत काठमाडौंले २ बर्षदेखि हुन नसकेको काम १ दिनमै गरिदिएको हो । मेयर बालेन शाहले एक्सन लिनु भन्दा पहिले जिल्ला अदालत काठमाडौंले अवैध संरचना खाली गरेको छ ।
दुई वर्षदेखि फुटपाथमा राखिएका सवारी साधन हटाइएको हो । काठमाडौं जिल्ला अदालतले दुई वर्षदेखि फुटपाथमा राखेका सवारी साधन अन्ततः हटाएको हो । अदालत प्रशासनले सोमबार राति ती सवारी साधन हटाएको थियो । काठमाडौं महानगरपालिका ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले यसको पुष्टि गरे ।
अदालतले फुटपाथमा सवारीसाधन राखेर नियम मिचेको समाचार प्रकाशित गरिएको थियो । वडाध्यक्ष तण्डुकारका अनुसार उनले अदालत प्रशासनलाई पहिल्यैदेखि नै हटाउन अनुरोध गर्दै आएका थिए ।
समाचार बाहिर आएपछि अदालतका एक जना न्यायाधीशले आफूसँग कुरा गरेको पनि उनले स्मरण गरे । ती बस र ट्रक दसीप्रमाणका रूपमा अदालतमा आएका थिए, त्यसपछि ठाउँ नभएको भन्दै फुटपाथमै थुपारियो ।
काठमाडौं महानगरपालिकाका मेयर शाहले केही दिन पहिले जिल्ला अदालतको अवैध संरचना हटाउने चेतावनी दिएका थिए । बीचमा अदालतले महानगरलाई नक्सा पनि पठाएको थियो । source: praharnews
प्रकाशित मिति २०७९ भदौ १५ गते बुधबार ०६:४५