प्रचण्डलाई आँखा चिम्लेर विश्वास गरेका वामदेवलाई हाइभोल्टेजको झट्का लाग्यो, बाहिरियो यस्तो खबर !

प्रचण्डलाई आँखा चिम्लेर विश्वास गरेका वामदेवलाई हाइभोल्टेजको झट्का लाग्यो, बाहिरियो यस्तो खबर !

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ १७ गते शुक्रबार ०८:५२

काठमाडौं । साउन ३१ गते माओवादीको चुनाव चिह्नमा भाग लिने निर्णय पेश गरेका नेता वामदेव गौतम कठिन मोडमा पुगेका छन् । माओवादीको चुनाव चिह्नमा प्यूठानबाट प्रत्यक्षतर्फ लड्ने चाहना बोकेका उनको चाहानामा तुसारपात हुने देखिएको छ । त्यो...

काठमाडौं ।

साउन ३१ गते माओवादीको चुनाव चिह्नमा भाग लिने निर्णय पेश गरेका नेता वामदेव गौतम कठिन मोडमा पुगेका छन् ।

माओवादीको चुनाव चिह्नमा प्यूठानबाट प्रत्यक्षतर्फ लड्ने चाहना बोकेका उनको चाहानामा तुसारपात हुने देखिएको छ ।

त्यो चाहनालाई प्रचण्डले सजिलोसँग पूरा नगरिदिने र जनमोर्चाले पनि साथ नदिने बुझेपछि उनी फेरि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको संवादमा

जोडिएका छन्। अबको केही दिनमा वामदेवको पार्टी एकीकृत समाजवादीसँग मिल्यो वा उनले सोही दलको चुनाव चिह्न रोजे भने अचम्म मान्नुपर्ने छैन ।

डा.बाबुराम भट्टराईलाई आफ्नो चुनाव चिह्नमा सामेल गर्ने निर्णयसहित दफा ४९ बमोजिम माओवादी केन्द्रको दल दर्तासम्बन्धी सूचना आयोगमा पुग्यो । वामदेवले ‘मलाई पनि त्यही सहमतिभित्र पार्नुपर्छ, नत्र धोका हुन्छ’ भने ।

त्यसपछि आयोगले उनलाई निर्वाचन प्रयोजनका लागि ‘दल दर्ता गरिहाल्नुस्’ भन्यो । डा.बाबुरामहरूले माओवादीसँग मिलेर संयुक्त डकुमेण्ट पेश गरे। वामदेवले ‘म पनि त्यही

गर्छु’ भने, तर माओवादीबाट संयुक्त डकुमेण्ट गएन । खासमा उनलाई माओवादीतिरबाट ‘बाल’ मतलव गरिएन । प्रचण्ड र डा.बाबुरामहरू समानुपातिकसम्म एउटै चुनाव चिह्नमा जाने गरी आयोग पुगे ।

वामदेवको दल त्यसबाट फुत्कियो । किनभने, वामदेवका हकमा पनि त्यसअनुसार निर्णय गर्न पाइँदैन भनेर बाबुरामका मान्छेहरू धर्ना बसे । उनीहरू तीन दल नहोस् भन्नेमा थिए ।

अब माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीलाई निर्वाचन आयोगले आजभोलिमा दर्ता भएको प्रमाणपत्र दिँदैछ, तर वामदेवले त्यो हैसियत पाउँदै हुनुहुन्न । त्यसैले वामदेवलाई प्रचण्डले टिकट नदिए त्यो चिह्न उनले पाउनुहुन्न ।

यसपछि वामदेव प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेट्न पुगे र भने, ‘लौ न, उपाय सिकाइदिनुस् ’ थपलियाको सुझाव रह्यो,

‘चिह्न दिने र लिने निर्णय भयो । अब दफा ४९ बमोजिम गएको भए हुन्थ्यो ।’ तर, त्योअनुसार बाबुराममात्रै गए । कानुनतः त्यो पक्ष बलियो भयो । तर, वामदेवको स्थिति कमजोर रह्यो ।

वामदेवले धेरै सीटमा आशा गर्नुभएको छैन । आफूले एक सीटमात्रै जिते पनि पुग्छ । तर, अस्ति सोमबार साँझ माधव नेपालसँग कुरा हुँदा वामदेवलाई उहाँले आफ्नो पार्टीमा आउन भनेको खबर छ ।

प्रकाशित मिति २०७९ भदौ १७ गते शुक्रबार ०८:५२
प्रतिक्रियाहरु