ब्यक्तिगत रिसिबी का कारण दाजुले आफ्नै भाईको गरे बंश नास

ब्यक्तिगत रिसिबी का कारण दाजुले आफ्नै भाईको गरे बंश नास

मुकेश कटुवाल

@छाँयापाटी

२०७९ भदौ १८ गते शनिवार ०८:४५

मुकेश कटुवाल - उदयपुर भदौ १८ उदयपुर जिल्लाको बेलका नगरपालिका को वार्ड नं ७ मैनामैनी गोवाटर मा शुक्रबार भएको घटना मा एकै घर का ३ जनाको बिभन्स हत्या भएको थियो हत्या हुनेहरुमा स्थानीय ३७ बर्षिय राजकुमार बस्नेत, उनकी श्रीमती ३० बर्षिया...

मुकेश कटुवाल – उदयपुर भदौ १८ उदयपुर जिल्लाको बेलका नगरपालिका को वार्ड नं ७ मैनामैनी गोवाटर मा शुक्रबार भएको घटना मा एकै घर का ३ जनाको बिभन्स हत्या भएको थियो

हत्या हुनेहरुमा स्थानीय ३७ बर्षिय राजकुमार बस्नेत, उनकी श्रीमती ३० बर्षिया सरिता बस्नेत र १२ बर्षिय छोरा सुजन बस्नेत रहेको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । प्रहरीका अनुसार तिन जनाकै धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

हत्या अभियोगमा मृतकका दाजु ४० बर्षिय नरबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिए ।राजकुमारको शव जंगल मा र आमा छोराको शव स्थानीय बबिङ खोलामा फेला परेको थियो

घटना स्थल तर्फ इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको थियो घटना किन र कसरी भयो भन्ने विषय मा हामीले एक स्थानीय बासी हीरा जंग राई लाई बुझ्ने क्रम मा यो हत्या बेक्तिगत रिसिबी को कारण ले भएको हो

भनेर जानकारी दिनु भो बारम बार को आफनै दाजु भाई बीच झगडा हुने र पटक पटक वडा र स्थानीय बासी को रोवर मा झगडा मिलाउने गरेको समेत जानकारी दिनु भो यो रिसिबी ले गर्दा पुरै घरका सदस्य मारिनु परेको हो कसैको यस्तो रिसिबी नहोस् समेत जानकारी दिनु भो हीरा जंग राईले ।

 

प्रकाशित मिति २०७९ भदौ १८ गते शनिवार ०८:४५
प्रतिक्रियाहरु