मेयर बालेनको १०० दिन : के- के गरे महत्वपूर्ण काम ?

मेयर बालेनको १०० दिन : के- के गरे महत्वपूर्ण काम ?

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ १९ गते आईतबार ०७:२३

काठमाडौं बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा काम गर्न थालेको १०० दिन पुरा भएको छ।' स्वतन्त्र उम्मेद्वारी दिएर राजधानी सहरको मेयर निर्वाचित बालेनले निर्वाचन अभियानको बेला गरेका वाचाअनुसार नीति तथा कार्यक्रम र बजेट...

काठमाडौं

बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा काम गर्न थालेको १०० दिन पुरा भएको छ।’ स्वतन्त्र उम्मेद्वारी दिएर राजधानी सहरको मेयर निर्वाचित बालेनले निर्वाचन अभियानको बेला गरेका वाचाअनुसार नीति तथा कार्यक्रम र बजेट ल्याए ‘।

उनले आफ्नो घोषणा पत्रमा नेवाः समुदायमा प्रचलित घरेलु मदिरालाई ब्रान्डिङ गर्ने कार्यक्रम बजेटमा समेटे ।

काठमाडौं महानगरभित्रका बस स्टपमा परम्परागत शैलीको फल्चा निर्माण गर्ने, एकीकृत एम्बुलेन्स सेवा सञ्चालनको व्यवस्था मिलाउने लगायत कार्यक्रम पनि उनका चुनावी वाचा हुन् ‘।

नीति तथा कार्यक्रमभित्र अटाएको ७० वर्ष नाघेका नागरिकहरुको घरैमा स्वास्थ्य परीक्षण गर्ने र नेपाल सरकारले तोकेका औषधिहरु निःशुल्क उपल्ब्ध गराउने कार्यक्रम पनि बालेनको घोषणपत्रमै थियो । यी सबै कुरा महानगरको बजेटमा समेटिएका छन् ।’

मेयर बालेन साहले महानगरभित्रका बिग्रेका ढल, सडक तत्काल मर्मतसम्भारका लागि पूर्वाधार एम्बुलेन्स सेवा संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेका थिए, जुन उनले पहिलो कार्यपालिका बैठकबाटै निर्णय गराएर कार्यान्वयनमा ल्याए’ ।

बन्द रहेका ब्रुमरहरु पनि यसबिचमा सञ्चालनमा आए भने दमकल पनि थपिएको छ ।काठमाडौंमा हुने जात्रा, पर्वहरुलाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्ने बुँदा नीति तथा कार्यक्रममा छ ।

बजेटमा घोषणा भएअनुसार काठमाडौं महानगरपलिकासँग भगिनी सम्बन्ध रहेका विश्वका १८ महानगर र सार्क राष्ट्र राजधानी महानगरका प्रमुखहरुलाई इन्द्रजात्राका अवसरमा २४ भदौमा आमन्त्रण गरिएको छ ।

बजेटमा घोषणा भएअनुसार महानगरपालिकाका सबै कार्यालयमा सीसीटिभी राख्ने काम सुरु भएको छ । सहरका अवैध संरचना हटाउन १ साउनमा जारी गरेको ३५ दिने सूचना पालना नभएपछि ३६औं दिनबाट डोजर चलाउन थाल्यो । महानगरपालिकाले अहिले मापदण्ड विपरितका डिजिटल र होर्डिङ बोर्डहरु पनि हटाउन थालेको छ ।

सहरका अवैध संचना हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले थालेको अभियान अहिले अरु सहरहरुमा पनि फैलिएको छ ।

यस्ता छन् बालेनले गरेका महत्वपूर्ण काम

१) कार्यपालिकाको बैठक लाइभ गरेर, महानगरको बैठकलाई पारदर्शी बनाए।२) शिक्षालाई प्राथमिकतामा राखे र बजेटलाई तीन गुणा बढाए।
३)  फुड इन्स्पेक्टर राख्ने । ४) शौचालय व्यवस्थापन ।

५) वडा-वडामा डाक्टर राख्ने ।६) इन्द्रजात्रालाई थप समृद्ध बनाउन छिमेकी देशका नेतृत्वलाई बोलाउने नीति ।७) फोहोरको व्यवस्थापनमा थोरै भएपनि समाधान ।८) सडक फराकिलो र पार्किङ समस्या समाधानमा चालेको कदम ।९) पूर्वाधार एम्बुलेन्स१० अवैध संरचनामाथि माथि एक्सन

प्रकाशित मिति २०७९ भदौ १९ गते आईतबार ०७:२३
प्रतिक्रियाहरु