चोलेन्द्रसँगको आजको बयान ले गठबन्धन झन् तर्सित, अर्को बयान अब कहिले ?

चोलेन्द्रसँगको आजको बयान ले गठबन्धन झन् तर्सित, अर्को बयान अब कहिले ?

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ १९ गते आईतबार ०२:२३

काठमाडौं महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भदौ २६ गते दिउँसो १२:३० बजे बयानका लागि फेरि बोलाएको छ। आइतबार समितिले जबरासँग थप पाँच प्रश्न सोधेको थियो। योसहित समितिले जबरालाई ११ प्रश्न...

काठमाडौं

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भदौ २६ गते दिउँसो १२:३० बजे बयानका लागि फेरि बोलाएको छ।

आइतबार समितिले जबरासँग थप पाँच प्रश्न सोधेको थियो। योसहित समितिले जबरालाई ११ प्रश्न सोधेको छ। यसअघि बयानको पहिलो दिन गत बुधबार र बिहीबार गरी ११ प्रश्न सोधेको थियो। बयानका लागि ४३ वटा प्रश्न तयार पारिएका छन्। जसमध्ये ११ वटा प्रश्नको जबराले बयान दिएका छन्।

ती प्रश्नमा सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा राणाको इजलासले गरेको फैसलाबारे पनि सोधिएको थियो।

समिति सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले उक्त प्रश्नमा राणाले आफूले विवेक प्रयोग गरेको जवाफ दिएको जानकारी दिए।

‘मैले रञ्जनको परिवारको बयान सुनेपछि त्यसबाट प्रभावित भएर कैद घटाउने निर्णय गरेको हो। मैले विवेक प्रयोग गरें। यदि त्यही मुद्दाका कारणले महाअभियोग लाग्ने हो भने मेरो भन्नु केही छैन,’ राणाको जवाफ उद्धृत गर्दै सांसद विश्वकर्माले भने।

आजको बैठकमा जबराले आफूमाथि लगाइएको महाभियोग भ्रामक र निर्थक भएको बताएका थिए। संविधानको पालना गर्दागर्दै पनि राजनीतिक दलहरुले विज्ञप्ति निकालेर आफूमाथि प्रतिशोध साँध्न खोजेको आरोप लगाए। उनले महाभियोग लगाएको साढे ६ महिना वितिसक्दा पनि यसको जवाफ पाउन नसकेको धारणा व्यक्त गरे।

न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको र कार्यपालिकामा भागबन्डा खोजेको लगायतका आरोप जबरामाथि लगाइएको छ। उनीमाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ।

प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले भदौ १५ गतेबाट जबराको बयान लिइरहेको छ। न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको र कार्यपालिकामा भागबन्डा खोजेको लगायतका आरोप जबरामाथि लगाइएको छ। उनीमाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ।

SOurce-anpurnatimes

प्रकाशित मिति २०७९ भदौ १९ गते आईतबार ०२:२३
प्रतिक्रियाहरु