काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश विकास कांग्रेसले मात्रै गर्ने बताएका छन् । उनले अहिलेको अवस्थामा कांग्रेसले हैसियत र उत्तरदागित्व बुझेर अघि बढ्नुपर्ने र देश विकासमा लाग्नुपर्ने बताएका छन् ।
तनहुँमा पत्रकारसँग कुरा गर्दै नेता पौडेलले देशलाई अस्थिरतातर्फ जान दिन नहुने बताएका छन् । देशमा अहिले देखिएको राजनीतिक ध्रुुविकरणले कांग्रेसलाई ठूलो अवसर र जिम्मेवारी प्राप्त भएको भन्दै उनले अब कांग्रेसले आफ्नो क्षमता देखाउनुपर्ने बताए ।
नेता पौडेलले अआफ्नो पार्टीले न्यायालयमा विश्वास गर्ने र अदालतलाई मानेर जाने पनि बताए । अहिले संयुक्त आन्दोलनको पक्षमा कांग्रेस नरहेको र अदालतको फैसलासम्म संयुक्त आन्दोलनमा कांग्रेस नजाने उनले बताए ।
करिब दुईतिहाई मत पाएका कम्युनिष्हरुले सरकार सञ्चालन गर्न नसकेको अवस्थामा कांग्रेसप्रति जनताको आशा बढेको र विश्वासको वातावरण बनाउन पार्टी लाग्नुपर्ने नेता पौडेलले बताए । उनले कांग्रेसलाई भरोसको केन्द्र बनाउनुपर्ने बताए ।
प्रकाशित मिति २०७७ माघ २४ गते शनिवार ०४:०१