नेपाल भ्रमणमा रहेका भारतीय सेनाप्रमुख मनोज पाँडेले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता छन्।
मंगलबार अपरान्ह पाँडेले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन्। पाण्डेले आजै पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम पनि रहेको छ ।
उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित गरेकी थिइन्। नेपाल र भारतले एक अर्काका सेनाध्यक्षलाई मानार्थ महारथीको उपाधि दिने चलन छ।
मनोज पाँडे र नेपाली सेनाका प्रधानसेनापति जनरल प्रभुराम शर्माबीच भेटवार्ता भएको छ। सोमबार बिहान सैनिक मुख्यालयमा जंगअड्डामा उनीहरुबीच भेटवार्ता भएको हो।
सोमबार जंगी अड्डामा दुई देशका सैनिक प्रमुखको बिचमा भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापतिलाई भेट्नुअघि पाण्डेले टुँडिखेल स्थित सैनिक मञ्चमा वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानसेनापति सँग भेट्नुअघि भारतीय सेनाध्यक्षलाई जंगी अड्डामा गार्ड अफ अनर प्रदान गरिएको थियो ।
औपचारिक भ्रमणका क्रममा आइतबार नेपालमा आएका पाण्डे बिहीबार स्वदेश फर्कँदैछन् ।

Source-anpurnatimes
प्रकाशित मिति २०७९ भदौ २१ गते मङ्गलबार ०४:५४