वीरगन्जमा बच्चा चोर्न आएका तीन भारतीय महिला पक्राउ

वीरगन्जमा बच्चा चोर्न आएका तीन भारतीय महिला पक्राउ

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ २२ गते बुधबार ०१:१८

वीरगन्ज : वीरगन्जमा बच्चा चोर्न आएको आशंकामा तीन भारतीय महिलालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयाबाट स्थानीयले तीन भारतीय महिलालाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका...

वीरगन्ज : वीरगन्जमा बच्चा चोर्न आएको आशंकामा तीन भारतीय महिलालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयाबाट स्थानीयले तीन भारतीय महिलालाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका हुन् ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लका अनुसार , बुधबार बिहान ९ बजे तिर बजार छपकैयाका स्थानीय एक व्याक्तिको घरमा छिरेका  ती महिलालाई बच्चा चोर्न आएको आशंकामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

भारत बिहारको पश्चिमी चम्पारण जिल्लाको नरकटीयागन्जको पकडी ढाला घर भएका अन्दाजी ५०/५५ वर्षीया सयरी खातुन , मयरुन नेशा र छतौटी खातुनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको प्रहरी निरीक्षक मल्लले जानकारी दिए ।

स्थानीयले तीनैजना भारतीय महिलाले घरमा छिरेर बच्चा चोर्ने प्रयास गरेको आरोप लगाएपनि उनीहरुले बच्चा चार्ने प्रयास गरेको यथेष्ट प्रमाण भने नभेटिएको प्रहरी निरीक्षक मल्लले बताए ।

वडा प्रहरी कार्यालयको हिरासतमा रहेका तीनैजना महिलाले आफूहरु बच्चा चोर्न नभइ औंठीमा जडान गरिने पत्थर , जन्तर र जडिबुटी बेच्न वीरगन्ज आएको बयान दिएको मल्लले जानकारी दिए ।
मल्लले भने,’ स्थानीयको घरमा शंकास्पद अवस्थामा पसेको देखिएकाले तीनैजना महिलालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेका छौं।

Source-anpurnapost

प्रकाशित मिति २०७९ भदौ २२ गते बुधबार ०१:१८
प्रतिक्रियाहरु