डोल्पामा रितियो नेकपा एस: नगरप्रमुख सहितका नेताहरु एमालेमा प्रवेश, ओलीले स्वागत गर्दै के के भने ?

डोल्पामा रितियो नेकपा एस: नगरप्रमुख सहितका नेताहरु एमालेमा प्रवेश, ओलीले स्वागत गर्दै के के भने ?

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ २२ गते बुधबार १०:५१

kathmandu डोल्पाको ठुलीभेरी नगरपालिका तत्कालीन नगर प्रमुख गणेश बहादुर शाही सहित नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन । आज एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकाेटमा एक कार्यक्रम गरि उनिहरु प्रवेश गरेकाे नेकपा एमाले...

kathmandu

डोल्पाको ठुलीभेरी नगरपालिका तत्कालीन नगर प्रमुख गणेश बहादुर शाही सहित नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन । आज एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकाेटमा एक कार्यक्रम गरि उनिहरु प्रवेश गरेकाे नेकपा एमाले डाेल्पाले जनाएको छ ।

२०७४ सालकाे स्थानीय निर्वाचनमा नेकपा एमाले बाट नगरप्रमुखमा निर्वाचित शाही एमाले बिभाजन पछि एकीकृत समाजवादी पार्टीमा लागेका थिए ।

ठुलीभेरी नगरपालिका नगर केन्द्र सदरमुकाम दुनै बाट रातारात जुफाल सारेकाे समेत आराेप खेपेर बिबादित बनेका तत्कालीन नगरप्रमुख शाही पुरानै घर एमालेमा फर्केको उनी निकट स्राेतले बताएको छ । शाही नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश सदस्य पनि थिए ।

यस्तै नेकपा एस काे किशान महासंघ काेषाध्यक्ष जीवन बहादुर शाही,नेकपा एस का बिधार्थी नेता अंगद शाही लगाएतका नेता कार्यक्रता एमाले प्रवेश गरेका छन ।

यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

गत निर्वाचनको भन्दा यसपालिको परिदृश्य निकै फरक छ । गत चुनावमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी)को गठबन्धन थियो । एमाले पार्टी एक्लै र एकताबद्ध थियो । नयाँ दलहरूलाई भिन्नै निर्वाचन चिहृन दिइएको थिएन ।

तथापि उपत्यकामा विवेशकील र साझा पार्टीका स्वतन्त्र मेयर उम्मेदवारले उल्लेखनीय मत हासिल गरेका थिए । आम चुनावमा यी दुई पार्टी एक भए । प्रत्यक्षतर्फ जित्न र संघीय थ्रेसहोल्ड काट्न नसके पनि विकेकशील साझाले वागमतीमा प्रादेशिक थ्रेसहोल्ड काटेको थियो ।

अबको संघीय तथा प्रादेशिक निर्वाचनमा आर्थिक घोटालामा नमुछिएको, सामाजिक रूपमा विभेद नगर्ने, असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, अपांग, महिला, अशिक्षित, गरिब, बेरोजगारजस्ता पिछडिएका वर्गप्रति सद्भाव, सम्मान, सहानुभूति राख्ने उम्मेदवारलाई प्राथमिकता दिनैपर्छ source: merosathitv

प्रकाशित मिति २०७९ भदौ २२ गते बुधबार १०:५१
प्रतिक्रियाहरु