बालेन भन्दा सुनिता पनि के कम, कसैले गर्न नसकेको काम गरेर देखाई दिइन् ! सुरुभयो चौतर्फी वाहीवाही

बालेन भन्दा सुनिता पनि के कम, कसैले गर्न नसकेको काम गरेर देखाई दिइन् ! सुरुभयो चौतर्फी वाहीवाही

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ २४ गते शुक्रबार ०९:५७

काठमाडौं यतिबेला काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको चर्चा चुलिएको छ । बालेनको चर्चा चुलिरहदा उपमेयर सुनिता डंगोल भनि बालेनको तुलनामा छायामा परेकी देखिन्छिन् । उपमेयर सुनिताले पनि आफ्रूले चुनाव प्रचारका बेला गरेका वाचाहरु...

काठमाडौं

यतिबेला काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको चर्चा चुलिएको छ । बालेनको चर्चा चुलिरहदा उपमेयर सुनिता डंगोल भनि बालेनको तुलनामा छायामा परेकी देखिन्छिन् । उपमेयर सुनिताले पनि आफ्रूले चुनाव प्रचारका बेला गरेका वाचाहरु धमाधम पूरा गर्न थालेकी छन् । केही दिनअघि बालेनले १०० दिने प्रगति सार्वजनिक गरेका थिए । उनको प्रगति विवरणले नयाँ आशा जगाएको बताइएको छ ।

यसैबीच, काठमाडौं महानगरपालिकाकी उपमयेर सुनिता डंगोलले पनि स्वेतपत्र जारी गरेकी छन् । सुनिताले आफ्नो सय दिनको कामको स्वेतपत्र जारी गरेकी छन्।

डंगोलले जारी गरेको स्वेतपत्रमा सय दिनमा गरिएका १५ वटा काम र थालनी गरिएका १० वटा योजना उल्लेख छन्। उनले गरेका कामहरुलाई लिएर सामाजिक सञ्जालमा चौतर्फी वाहीवाही भएको छ । मेयर र उपमेयर हातमा हात मिलाएर अघि बढ्न सुझाव समेत आएका छन् ।

उनले यो सय दिनमा आफूले २ सय ४४ वटा पुराना विवादको न्यायिक सुनुवाइ गरी ११ वटा विवाद किनारा लगाएको उल्लेख गरेकी छन्। साथै फोहोर व्यवस्थापनमा सकारात्मक पहल गरेको जनाएकी छन्।

’पटक–पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालीन फोहोर व्यवस्थापन गर्ने कार्य भएको छ,’ जारी स्वेतपत्रमा भनिएको छ, ’दीर्घकालीन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर ठिमीलगायत पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरूका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालीन फोहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरू अघि बढाएका छौं।’

यस्तै, वडास्तरीय महिला सेल गठन, राजस्व परामर्श समितिको गठन, मानव बेचबिखन ओसारपसार नियन्त्रणको प्रयासदेखि शिक्षा क्षेत्रमा सुधारका कामहरू भएको कुरा उल्लेख गरिएको छ।

’हिंसा अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा समस्या समाधान गर्न महानगरका सबै वडामा महिला सेल गठन गर्ने पहिलो निर्णय गरेका थियौं,’ डंगोलले भनिन्, ’सोही बमोजिम सबै वडामा गठन महिला सेलले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिला तथा बालबालिकाहरूका लागि आवश्यक सहयोग गर्नेछ।’

यस्तै, यो सय दिनमा महानगरभित्रका विभिन्न संघसंस्था, समुदाय, गुठीले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भई प्रत्यक्ष अन्तर्क्रिरया गर्ने, सुझाव लिने र समस्या बुझ्ने कार्य गरिएको उपमेयर डंगोलले जनाएकी छन्।

साथै आर्थिक वर्ष २०७९–८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार गरेको उनले बताएकी छन्। योबीचमा विभिन्न शारीरिक अपांङ्गता भएका ५ सय ७२ जना नागरिकलाई परिचय पत्र वितरण गरिएको स्वेतपत्रमा उल्लेख छ।

यस्तै, थालनी गरिएका योजना अन्तर्गत दरबार हाइस्कुल र कन्या माविलाई राष्ट्रियस्तरको नमुना विद्यालयको रूपमा विकास गर्ने जस्ता कार्यक्रम पनि अघि बढाइएको छ।

साथै घरजग्गा बहालमा लिनेदिने व्यक्तिहरूकाबीच हुने विवादलाई समाधन गर्न र बहाल कर असुलीलाई प्राथमिकता दिन बहाल व्यवस्था कार्यविधि तर्जुमा गर्ने गरी स्वीकृत भएपछि कार्यान्वयन गर्न राजश्व परामर्श समितिले कारवाही अघि बढाएको उल्लेख गरिएको छ।

उपमयेर डंगोलले आगामी दिनमा पनि सबै तहका सरकार, नागरिक समाज, निजी क्षेत्र र महानगरवासीको प्रत्यक्ष वा अप्रत्यक्ष समन्वयमा आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जनाएकी छन्।  source: praharnews

 

प्रकाशित मिति २०७९ भदौ २४ गते शुक्रबार ०९:५७
प्रतिक्रियाहरु