कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन जोगाउन लचकता देखाइरहेका बेला कांग्रेसभित्रै शेखर कोइराला समूहले प्रतिनिधिसभाको १ सय ६५ सिटमध्ये सयभन्दा कममा सम्झौता गरेमा पार्टीभित्रै विद्रोहको वातवरण उत्पन्न हुने चेतावनी दिएको छ ।
सय सिट दिन गठबन्धनका अन्य चार दल तयार नभएपछि देउवाले भने लचकता बढाइरहेका छन् ।गत बुधबारको बैठकमा कांग्रेसले ८८ सिट लिने र त्यसमध्ये लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोको लागि
दुई निर्वाचन क्षेत्र छाड्ने देउवाको प्रस्ताव थियो । त्यसमा समझदारी नभएपछि आज अपराह्न ३ बजे पुन: बैठक बस्न लागेको छ ।
कांग्रेस नेता शेखर कोइरालाले भने सय सिटको अडानबाट पछि हट्न नहुने भन्दै त्यसो गरिए कांग्रेसका आकांक्षीहरुलाई व्यवस्थापन गर्न कठिनाइ हुने बताए ।
कांग्रेसमा विद्रोह आउने स्थितिले गठबन्धनलाई पनि लाभ नहुने भन्दै कोइरालाले आफ्नो कुरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समेत सुनाएको बताए ।
‘कांग्रेसले सयभन्दा कम सिटमा सम्झौता गर्ने हुन्न । गरेमा पार्टीभित्रको असन्तुष्टि बढ्ने र त्यसले धेरै ठाउँमा विद्रोहको स्थिति आउने खतरा छ,’
नेता कोइरालाले आइतबार बिहान कान्तिपुरसँग कुरा गर्दै भने,‘गठबन्धन बनाउने भनेको चुनाव जित्नका लागि हो ।देशभर जनाधार भएको ठूलो पार्टीभित्रै असन्तुष्टि भए कसरी गठबन्धनले सफल हुन्छ ?’
आजै अपराह्न ३ बजे गठबन्धनको बैठक बस्दैछ । गठबन्धनको बैठक बस्नुअघि बिहान देउवा र दाहालबीच ‘वान टु वान’ छलफल समेत भएको छ ।
कोइरालाले पार्टीभित्रको टिकट वितरण पनि न्यायोजित रुपमा हुनुपर्ने बताए । टिकट वितरणमा न्यायोजित हुन सकेन भने भागबण्डाको प्रश्न उठ्ने बताए ।अझै मैले भागबण्डाको कुरा गरिरहेको छैन । जहाँ जसले जित्ने बलियो आधार छ, उसलाई कुन गुटको भन्ने कारणबाट रोक्ने होइन ।
जित्न सक्नेलाई टिकट दिनुपर्छ, यसो गर्दा न्यायोजित हुन्छ, न्यायोजित निर्णय लिदा सम्म भागबण्डा खोज्ने काम हुन्न,’ कोइरालाले थपे,‘
भातृसंस्थाका अध्यक्ष र स्थनीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा न्यायोजित हुन सकेको छैन । अब न्यायोजित ढंगले निर्णय गर्नुहोला भन्ने आश छ ।’
यो पनि हेन्रुहोस, संसद्को कार्यकालसम्बन्धी अस्पष्ट र अराजकता हटाउन नयाँ विधेयक : कानुनमन्त्री शर्मा
न्याय, कानुन तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले संसद्को कार्यकाल नवनिर्वाचित संसदको पहिलो बैठकसम्म रहने व्यवस्था अस्पष्ट हटाउन र अराजकता रोक्न भएको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा संसद्को कार्यकालसम्बन्धी विधेयकको विषयमा बोल्दै पहिलो बैठकसम्म रहने गरी गरेको व्यवस्थाको बचाउ गरेका हुन् ।
‘अघिल्लो कार्यकालको पहिलो बैठकबाट कार्यकाल सुरु भएको र निर्वाचित भएर आउनेहरुको पहिलो बैठक बसुन्जेल हुनुपर्छ । यसबाट डराउनु पर्ने आवश्यकता छैन ।
निर्वाचन भएपछि संसद् बैठक आह्वान हुन्छ । प्रस्तावित कानुन संविधानमा रहेको व्यवस्था कार्यान्वयन गर्नका लागि ल्याएकाले हो,’ शर्माले भने ।
source: sadaksanchar.com