चोलेन्द्रले पोल खोल्न थाले पछी गृहमन्त्रीले कानुनमन्त्री लिएर पुगे प्रचण्ड भेट्न,के-के भयो कुराकानी ?

चोलेन्द्रले पोल खोल्न थाले पछी  गृहमन्त्रीले कानुनमन्त्री लिएर पुगे प्रचण्ड भेट्न,के-के भयो कुराकानी ?

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ २७ गते सोमबार १२:१८

गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा (कोइराला)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भेट्न खुमलटार पुगेका छन्। प्रचण्ड निवास खुमलटारमा सोमबार बिहान भएको भेटवार्तामा समसामयिक...

गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा (कोइराला)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भेट्न खुमलटार पुगेका छन्।

प्रचण्ड निवास खुमलटारमा सोमबार बिहान भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको हो।

भेटमा मंसिर ४ गतेका लागि निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको थियो ।

प्रतिनिधि सभाको कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा त्यहाँ प्रक्रियामा रहेका विधेयकबारे दुई मन्त्री र सत्तारुढ दल माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहालसँग कुराकानी भएको जनाइएको छ।

भेटमा नेपाल सरकारसँग विभिन्न समयमा सहमति र सम्झौता गरेका विभिन्न राजनीतिक पार्टीका माग पूरा गर्ने सन्दर्भमा अहिलेसम्म भएका प्रगतिबारे पनि कुराकानी भएको स्रोतको भनाइ छ।

प्रकाशित मिति २०७९ भदौ २७ गते सोमबार १२:१८
प्रतिक्रियाहरु