बालेनले नियुक्त गरेका कानुनी सल्लाहकारमाथि चोलेन्द्रले उठाए यस्तो प्रश्न, अब के गर्लान ?

बालेनले नियुक्त गरेका कानुनी सल्लाहकारमाथि चोलेन्द्रले उठाए यस्तो प्रश्न, अब के गर्लान ?

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ २७ गते सोमबार ०६:२८

काठमाडौं – निलम्बित प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबराले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नियुक्त गरेका कानुनी सल्लाहकारमाथि प्रश्न उठाएका छन्। अर्यालको चरित्र ठिक नभएको भन्दै सल्लाहकार नियुक्त गर्नु ठीक नभएको...

काठमाडौं – निलम्बित प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबराले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नियुक्त गरेका कानुनी सल्लाहकारमाथि प्रश्न उठाएका छन्। अर्यालको चरित्र ठिक नभएको भन्दै सल्लाहकार नियुक्त गर्नु ठीक नभएको उनको भनाइ छ।

‘ओमप्रकाश अर्याललाई काठमाण्डु महानगरपालिकाका मेयर बालेनजीले कानुनी सल्लाहाकारमा नियुक्त गर्नुभएको पत्रिकामा पढें’, उनले भने, ओमप्रकाश अर्यालको क्यारेक्टर एकदमै गम्भीर छ, नोट होस् ।’

अर्याल पत्नी पुनवेदी महर्जनलाई बार एसोसिएसनका अध्यक्ष चण्डेश्वरजी श्रेष्ठले दुईपटकसम्म न्यायाधीश नियुक्तिको सिफारिस गरे पनि आफूले अस्वीकार गरेको राणाले बातए।

आफूले श्रीमतीलाई न्यायाधीश नियुक्त गर्न इन्कार गरेपछि अर्याल आफूविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्धा दर्ता गर्न गएको टिप्पणी उनले गरे ।

यस्तै, आफूमाथि महाभियोग आउनुको भित्री कारण सार्वजनिक गर्दै निलम्बित प्रधानन्यायाधीश जबराले गठबन्धनका शीर्ष नेता देशकै प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मुखुण्डो उतारिरहेका छन् ।

राजनीतिक दाउपेचकै कारण आफूमाथि गम्भीर षडयन्त्र रचिएको भन्दै चोलेन्द्रले एकएकको पोल खोल्न थालेका छन् । यस्तै जबराले आफू र आफ्नो परिवारका नाममा रहेको सम्पत्ति छानबिन गर्न चुनौती दिएका छन् ।

उनले संसदीय समितिमा उपस्थित भएर यस्तो चुनौती दिएका हुन् । उनले केही ठूला पत्रकार, लगानीकर्ता र वलिक नै मुद्दाको दलालीमा सक्रिय रहेको खुलासा गरे ।

जबराले राजनीतिक दलहरुले न्यायाधीशमा कोटा माग्ने गरेको बताएका छन्। आइतबार महाअभियोग सिफारिस समितिमा बयान दिँदै राणाले दलहरुले आफ्नो मान्छेलाई न्यायाधीश नियुक्ती गर्नु भन्दै पत्र नै पठाउने गरेको बताएका हुन्। न्यायाधीश नियुक्तीमा अनुचित ढिलासुस्ती गरेको आरोपको राणाले खण्डन गरे ।

Source-anpurnatimes

प्रकाशित मिति २०७९ भदौ २७ गते सोमबार ०६:२८
प्रतिक्रियाहरु