पोखरा (कास्की) । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ मा हुँदै गरेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)ले थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् ।
मंगलबार पोखरामा नेपाल लोकतान्त्रिक...
पोखरा (कास्की) । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ मा हुँदै गरेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)ले थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् ।
मंगलबार पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष ओलीले नेकपा (एस)प्रति यस्तो दाबी गरेका हुन् ।
अध्यक्ष ओलीले भनेका छन्, ‘यो भविष्यवाणी लेखेर राख्नुस्, माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैन, एक सिटसम्म जिताइदिनु ।’ उनले चुनावसम्म पुग्दा माधव नेपालको पार्टीमा खास कार्यकर्ता नै नरहने दाबीसमेत गरेका छन् ।
यसका साथै उनले माओवादी आन्दोलन पनि असफल हुने बताए । अध्यक्ष ओलीले माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाद ‘प्रचण्ड’ र उनको परिवारबाहेक अरु कसैलाई फाइदा नपुग्न बताए ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७